बैंकमा तरलताको चाप कम हुँदै, निक्षेप ५ अर्बले बढ्दा कर्जा ४ अर्बले घट्यो

  २०७९ वैशाख २६ गते १६:०३     विकासन्युज

काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ । बैशाख तेस्रो साताको तुलनामा बैंकहरुको निक्षेप संक्लन चौथो सातामा ५ अर्ब रुपैयाँले बढेको छ ।

बैशाख तेस्रो सातासम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४३ खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा चौथो सातामा ४३ खर्ब ७३ अर्ब रुपैयाँ कायम भएको हो ।

यस्तै, वाणिज्य बैंकहरुको कर्जा लगानी भने बैशाख चौथो सातामा घटेको छ । गत बैशाख तेस्रो सातामा कुल ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले बैशाख चौथो सातामा कुल ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

बैंकहरुको सीडी रेसियो भने ९०.८१ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.