देश विकासको आधारशिला नै काँग्रेसले तयार पारेको हो

  २०७९ वैशाख २६ गते १४:१५     डा. प्रकाश शरण महत

नेपाली काँग्रेसले देशको आर्थिक विकासमा ठूलो योगदान गरेको छ । जस्तो कि भ्याट लागू गरेर करको दायरा विस्तारित गरी प्रसस्त राजश्व सिर्जना गर्ने पार्टी नेपाली काँग्रेस हो ।

आर्थिक नीतिको आधारमा उद्योग व्यवसाय कलकारखाना र पर्यटन विकासको आधारशिला राखेको पनि काँग्रेसले हो । काँग्रेसले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सामाजिक सुरक्षाको लगायतका हरको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्याे । काँग्रेस पार्टी कै नेतृत्वमा यो सम्भव भएको हो ।

कुनै समयको २ प्रतिशत आर्थिक वृद्धिबाट ७ प्रतिशत पुर्याउने पार्टी नेपाली काँग्रेस हो । देशमा हिंसात्मक दन्द्ध नभएको भए नेपालको विकासले अर्को फड्को मार्ने थियो । त्यसमा दुई मत नै छैन ।

नेपालभित्र स्थानीय निकायलाई अधिकार सम्पन्न गर्ने कार्यको सुरुवात गर्ने पार्टी पनि नेपाली काँग्रेस नै हो । सामुदायिक बनको अवधारण ल्याएर नाङ्गो भइसकेको पहाड फेरि हराभरा बनाउने कार्य पनि नेपाली काँग्रेसले नै सुरु गरेको हो ।

हामीलाई नीति नभएको पार्टी भनेर विपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले आरोप लगाउनु भएको छ । नेपाली काँग्रेसले बनाएको नीतिको साउँ र ब्याज खाने पार्टी एमाले हो । झुटको पार्टीको पुलिन्दा ओलीजीले लगाउनु भएको छ ।

नेपाली काँग्रेसले आर्थिक उदारीकरणको जुन नीति लियो, तबदेखि जताततै निजी उद्योगहरू फस्टाउन थाल्यो । उहाँ (एमाले अध्यक्ष ओली) चाहिँ बासबारी छाला उद्योगको उदाहरण दिनुहुन्छ । त्यसको ठाउँमा सयौं छाला उद्योगहरू खुलेको उहाँले विर्सिनु भयो ।

त्यो ठाउँमा गंगालाल हृदय रोग केन्द्र, जुन मुटु रोगको लागि प्रसिद्ध केन्द्र स्थापना भएको छ, उहाँले त्यो कुरा बिर्सिनु भयो । उहाँहरूले नेपाली काँग्रेसको विरोध गर्ने कुनै आधार छैन ।

जहिले पनि विकास भनेको नयाँ प्रविधि र नयाँ फड्को मार्ने हो । देशमा हजारौं इट्टा कारखाना छन् । अब सरकारले इट्टा, छाला कारखाना सञ्चालन गरेर देशले पार पाउँछ ? हिजो ठूलो घाटामा उद्योग चलिरहेको थियो । त्यो घाटाबाट मुक्त गराउने काम नेपाली काँग्रेसले गरेको हो ।

विदेशी ऋणबाट मुक्त गरेर देशभित्रै राजश्वको परिधि विस्तार गरेको पार्टी काँग्रेस हो । भुकम्पको बेलामा अन्तर्राष्ट्रिय सहयोग जुटाएर पुन निर्माणको काम अगाडि बढाएको हो । ५२ प्रतिशत गरिबीबाट १७ प्रतिशतसम्म झार्ने आधार नेपाली काँग्रेसले गरेको हो । एमसीसी काँग्रेसले पास गरेर अहिले नेपाली जनताले देश विकासको लागि आएको रहेछ भन्ने भएको छ ।

शैलजा आचार्यले निजी क्षेत्रबाट २५ मेगावाटको विद्युत उत्पादन गर्ने भनेपछि अहिले सयौंको संख्यामा नेपालीहरूले विद्युत उत्पादन गरिरहेको छन् । आंशिक भए पनि हामी विद्युतमा आत्मनिर्भरता बन्दै छौं । यी सबै काम नेपाली काँग्रेसले गरेको हो । संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाका पनि काँग्रेसको पालाबाट सुरु भएको हो ।

विपन्नवर्गलाई लक्षित गरेर हामीले ६५ वर्षदेखि नै वृद्धभत्ता दिने हाम्रो अठोट छ । हाम्रो सरकार आइसकेपछि कार्यान्वयन गर्छ । सुत्केरी महिलालाई ५ हजार दिने निर्णय गरेका छौं । साना किसानहरूलाई १० हजार रुपैयाँको क्रेडिट कार्ड सहित २ प्रतिशत व्याज दरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाएका छौं ।

ओली प्रधानमन्त्री भएको बेला विश्व बैंबाट ऋणले १९ अर्ब रुपैयाँ लिएर प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरी कार्यकर्तालाई बढ्नु भयो । त्यसले न स्वरोजगार, न रोजगारी सिर्जना गर्याे ।

एमसीसी अन्तर्गत ६० अर्ब रुपैयाँ बिजुली र सडक निर्माणमा आउँदै छ । भर्खरै मात्र अमेरिकाले ८० अर्ब अनुदान दिने भनेर संझौता भइसकेको छ । नेपालको इतिहासमा एकैचोटी यत्रो अनुदान एकै पटक आएको छैन ।

(नेपाली काँग्रेसको आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले व्यक्त गरेको विचारको सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.