सोमबार पनि बढ्यो सुनको मूल्य

  २०७९ वैशाख २६ गते ११:०२     विकासन्युज

काठमाडौं । सोमबार एक सय रुपैयाँले छापावाल सुनको मूल्य बढेको छ । हिजो तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बढेर ९८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजावी सुनको मूल्य तोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै महासंघको अनुसार चाँदीको मूल्य भने यथावत रही तोलाको एक हजार २९५ रुपैयाँ कायम भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.