१८ अंकले नेप्से परिसूचक बढ्दा डेढ करोडको कारोबार

  २०७९ वैशाख २५ गते १५:१५     विकासन्युज

काठमाडौं । नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । आइतबारको परिसूचक १७.९५ अंकले बढेर २२५६.५७ बिन्दुमा रोकिएको हो ।

आइतबारको २३३ कम्पनीको ३३ ला ४१ हजार कित्ता सेयर एक अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार जालपा लघुवित्तको मूल्यमा सकारात्मक सकर्टि लाग्दा घलम्दी हाइड्रोपावर र माउन्टेन इनर्जीको सेयर करिब ९ प्रतिशतले बढेको छ ।

त्यस्तै धेरै गुमाउनेमा उन्नति सहकार्यले ५ प्रतिशत, एनआइसी एसिया फण्ड ३ र एसियन लाइफ इन्योरेन्स ३ प्रतिशत छन् । आज सिटिजन इन्भेष्टमेन्ट सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

आज १३६ कम्पनीकै सेयर मूल्यमा हरियाल छाउदा ५२ कम्पनीको राताम्मे भएका छन् । सेयरका सबै उपसमूहको मूल्य वृद्धि हुँदा माइक्रोफाइनान्स र बैकिं‌ङ क्षेत्रको सेयर मूल्य ओरालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.