महालक्ष्मी लाईफ इन्स्योरेन्सले ९० करोड बराबरको सेयर निष्काशन गर्ने

  २०७९ वैशाख २५ गते १५:२२     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले सर्वसाधारणलाई ९० करोड बराबरको सेयर निष्काशन गर्ने भएको छ । आइतबार सम्पन्न इन्स्योरेन्स साधरण सभाले यस्तो निर्णय गरेको हो ।

सभाले सर्वसम्मतिबाट कम्पनीको अधिकृत पूँजी र जारी पूँजी क्रमशः ५०० करोड र ३०० करोड हुने गरी पूँजी वृद्धि गर्ने तथा मर्जर, एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको छ ।

यस्तै साधारण सभा सम्पन्न भए पश्चात बसेको संचालक समितिको ५८ ‌औँ बैठकले संचालक सुरेश सापकोटाको संयोजकत्वमा संचालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तिन सदस्यिय मर्जर कमिटी गठन गरेको छ ।

बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पूँजी ५०० करोड गर्ने निर्देशन दिइसकेपछि संचालक समितिको निर्णय अनुसार पूँजी बृद्धि योजना पेश गरेको थियो । सोही योजना बमोजिम बीमा समितिबाट पूँजी बृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आव्हान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.