महेन्द्रनगरको बागफाटामा डिशहोम फाईबरनेटको सोरुम

  २०७९ वैशाख २५ गते १२:४९     विकासन्युज

काठमाडौं । डिशहोम फाईबरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट सोरुमको उद्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले गर्नेछ ।

सोरुम उद्घाटन, डिशहोमका तर्फबाट निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल , सर्बिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान , रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्टको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले अब डिशहोम फाईबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।

४०० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईबरनेटको सेवा उपलब्ध गराईसकेको जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले अव अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने जेनिशा मोबाइल एण्ड ईलेक्ट्रोनिक सेन्टरका सञ्चालक हजारी चन्दले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.