मतदानको दिन सबै आन्तरिक उडान बन्द

  २०७९ वैशाख २५ गते १२:०३     विकासन्युज

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनकाे मतदानको दिन सबै आन्तरिक उडान बन्द हुने भएको छ । वायुसेवा संचालक संघले आइतबार विज्ञप्ति जारी गर्दै वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने जानकारी दिएको हो ।

मानिवय उद्दार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेक सबै बन्द रहने संघले विज्ञप्तिमा उल्लेख गरेको छ । निर्वाचन आयोगले आन्तरिक उडानसँगै मतदानको दिन सार्वजनिक सवारी साधन सञ्चालनमा समेत रोक लगाएको छ ।

यद्यपि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले निर्वाचनको दिन विमानस्थल बन्द नहुने जनाएको छ । शुक्रबार सुरक्षा निकायसँग भएको छलफलमा निर्वाचनको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु हुने निर्णय भएको जनाईएको छ ।

प्राधिकरणले हालसम्म काठमाडौं लगायत देशभरका विमानस्थल बन्द गर्ने कुनै पनि निर्णय नभएको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.