आइतबार बढ्याे सुनकाे मूल्य

  २०७९ वैशाख २५ गते १०:४३     विकासन्युज

काठमाडौं । आइतबार ६ सय रुपैयाँले छापावाल सुनको मूल्य बढेको छ । शुक्रबार तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बढेर ९८ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजावी सुनको मूल्य तोलाको ९८ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै महासंघको अनुसार चाँदीको मूल्य ५ रुपैयाँले बढेर तोलाको एक हजार २८५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.