अर्बन फूडको पहिलो रिटेल आउटलेट त्रिपुरेश्वरमा, जेठ १५ सम्म विशेष छुट

  २०७९ वैशाख २३ गते १७:२०     विकासन्युज

काठमाडौं । अर्बन फूडको पहिलो रिटेल आउटलेट अर्बन मार्ट त्रिपुरेश्वरस्थित ब्लू स्टार कम्प्लेक्समा खुलेको छ । अर्बन फुडले शुक्रबार आफ्नो पहिलो आउटले खोलेको हो ।

अर्बन फूड काठमाडौंमा रहेको एक मासु प्रशोधन गर्ने कम्पनी हो र यसले सन् २०१२ देखि आफ्ना ग्राहकहरुलाई ससेज, सलामी, बेकन, ह्याम, मम, कोल्ड कट्स, मीट पार्टस्, क्यान्ड फुड, कफी बिन्स र अन्य गुणस्तरीय उत्पादनहरु प्रदान गर्दै आएको छ ।

अर्बन फूड प्रोडक्सनमा अत्याधुनिक प्रविधिका साथ नेपालकै टप फूड टेक्नोलोजिस्ट प्रविणमान शाक्य, जर्मनीका मीट विशेषज्ञ र मास्टर बुचर, म्याक्सिमिलियन फब्रिजियो स्टोल र अस्ट्रियाका मास्टर प्रोसेसर एन्टोन लोस्चाट जस्ता खाद्य विशेषज्ञहरु संघ रहेको छ ।

अर्बन फूडका गुणस्तरीय उत्पादनहरुले एक दशकदेखि ग्राहकहरुको मन जित्दै आएका छन् भने ती भाटभटेनी, बिग मार्ट, सेल्सबेरी र नेपालभरका अन्य डिपार्टमेन्ट स्टोरहरु जस्ता प्रमुख खुद्रा विक्रेता पसलहरुमा सहज रुपमा उपलब्ध छन् ।

अर्बन फूडका प्रमुख कार्यकारी अधिकृत आयुष राजभण्डारीले प्रशोधित उत्पादनहरुमा जेठ १५ गतेसम्म २५ प्रतिशत छुट प्रदान गर्ने जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.