बैंक अफ काठमाण्डूका ग्राहकलाई हस्पिटलदेखि हाेटलमा ४५ प्रतिशतसम्मको विशेष छुट

  २०७९ वैशाख २३ गते १६:१९     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पतालसँग सम्झौता गरेको हो । आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउन बैंकले सम्झाैता गरेकाे हाे ।

सम्झौता अनुसार बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्ट अन्तर्गत विराटनगरकाे पर्पल हेज रेष्ट्रो एण्ड गार्डेन, एयरपोटचोकमा १५%, विर्तामाेडकाे मिठाे रेष्टुरेन्ट एण्ड थकाली किचनमा १०%, मिटिङ्ग पोइन्ट रेष्टुरेन्ट एण्ड बार,५ प्रतिशत, नोबल होटल एण्ड स्विमिडङ्ग कम्पलेक्स इमाडोलमा १०%,  होटल अर्थ लाइट, सौरहमा २०%, चिकन स्टेसन इमाडोलमा १०% तथा सोलमारी रेष्ट्रो एण्ड मिटिङ्ग इमाडोलमा १५% को छुट पाउनेछन् ।

यस्तै अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्तर्गत विर्तामाेडकाे मेडिसिटी फार्मेसमा १०%, जनकपुरकाे रामजानकी हस्पिटलमा १५% तथा नमो मनकामना डेन्टल एण्ड किल्निक इमाडोलमा २५%को छुटको व्यवस्था रहेको छ ।

साथै, बुटिक अन्तर्गत बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले विराटनगरको पिपलचोकमा रहेको तानास्क्वा फेसन स्टुडियोमा १५% छुट पाउनेछन् भने जिम/फिटनेस सेन्टर अन्तर्गत ढल्कोमा रहेकाे सेपस फिटनेस जिमकाे विभिन्न योजनाहरुमा ४५% सम्मको छुटकाे व्यवस्था रहेको छ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.