निर्वाचनको दिन प्लेन पनि नचल्ने

  २०७९ वैशाख २३ गते ११:४८     विकासन्युज

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिन आन्तरिक उडान समेत बन्द हुने भएको छ । निर्वाचन आयोगले आन्त्रिक उडान सँगै मतदानको दिन सार्वजनिक सवारी साधन सञ्चालनमा समेत रोक लगाएको छ ।

वायुसेवा कम्पनीहरुले सूचना जारी गर्दै मतदानको दिन सम्पूर्ण आन्तरिक उडान बन्द हुने जनाएका छन् । शुक्रबार निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले एक सूचना जारी गर्दै मतदानको दिन सम्पूर्ण उडान तथा अवतरण बन्द हुने जनाएकोे हो ।

‘यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका दिन हाम्रा सबै उडानहरु नहुने जानकारी गराउँछौँ, यसबाट यात्रुवर्गमा पर्नजाने असुविधाका लागि क्षमाप्रार्थी छौँ’, बुद्धले जारी गरेको सूचनामा भनिएको छ ।

बिहीबार बसेको आयोगको बैठकले निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरेको छ ।

सो मापदण्ड अनुसार अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरुका लागि पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमनको सहजीकरण काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारीले मिलाउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.