सनराइज बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकार पोखरामा छुट

  २०७९ वैशाख २२ गते १२:५३     विकासन्युज

काठमाडौं । सनराइज बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा छुट पाउने भएका छन् । यसकाे लागि बैंक र केबुलकारबीच सम्झाैता भएकाे छ ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले पोखरा स्थित अन्नपूर्ण केबल कारको टिकट खरिद गर्दा सन्राइज बैंकको क्रेडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको विशेष छुट पाउन सक्नेछन् ।

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ’ अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षा अनुरुप नबिनतम् सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.