एनआईसी एशियाका ग्राहकलाई ग्यालेक्सी स्पेसियालिटि क्लिनिक र काठमाडाैं प्याथल्याबमा छुट

  २०७९ वैशाख २२ गते ९:४०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले ग्यालेक्सी स्पेसियालिटि क्लिनिक एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा छुट पाउने भएका छन् । बैंकका ग्राहकलले डिजिटल भुक्तानी गर्दा ग्यालेक्सी स्पेसियालिटि क्लिनिक र  काठमाडौं प्याथल्याबमा २५ प्रतिशत छुट पाउने भएका हुन् ।

सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट बैंकका लाइफस्टाइल युनिभर्स प्रमुख विमल लम्साल तथा क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछाने हस्ताक्षर गरेका छन् ।

बैंकका ग्राहकहरुले क्लिनिकबाट रक्तअल्पता, फोक्सो एवं श्वास–प्रश्वास, उच्च रक्तचाप, दम, बाथ, मुटु लगायतमा विशेषज्ञ सेवाहरु तथा सेन्टरबाट हेमाटोलोजी, माइक्रोबायोलोजी, साइटोप्याथोलोजी, अटो इम्युनो प्यानल जस्ता सेवाहरु लिन सक्नेछन् ।

बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.