बैंकहरूको निक्षेप १ अर्बले बढ्दा ३ अर्बले बढ्यो कर्जा, सीडी रेसियो ९०.९९ प्रतिशत कायम

  २०७९ वैशाख २१ गते १७:३१     विकासन्युज

काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन एक अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको कर्जा लगानी एक सातामा १ अर्ब रुपैयाँले बढेको हो ।

गत सातामा कुल ४३ खर्ब ६७ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप बैशाखको तेस्रो सातामा कुल ४३ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको हो ।

यस्तै, वाणिज्य बैंकहरुको कर्जा लगानी तीन अर्ब रुपैयाँले बढेको हो । गत बैशाखको दोस्रो सातामा कुल ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले बैशाखको तेस्रो सातामा ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् ।

बैंकहरुको सीडी रेसियो ९०.९९ प्रतिशत कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.