पैसा नभएको बैंकको चेक काट्ने भक्तपुरका सुवाल पक्राउ, साढे २४ लाख जरिवाना तिर्नुपर्ने

  २०७९ वैशाख २१ गते १६:४८     विकासन्युज

काठमाडौं । पैसा नभएको सिभिल बैंकको चेक काट्ने भक्तपुर विक बहादुर सुवाल पक्राउ परेका छन् । भक्तपुर न.पा वडा नं. २ मा बस्ने ४७ वर्षका सुवाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी जाहेरवालालाई झुक्यानमा पारी एनआइसि एसिया बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै सुवाललाई उच्च अदालत पाटनले गत फागुन ३० गते बैंकिङ कसुरको सजाय तोकेको थियो ।

उनलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ६ दिन कैद र २४ लाख ५९ हजार ८२२ रुपैयाँ जरिवाना ठहर भएको थियो । तर, उनी त्यसयत फरार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.