अब इन्टरनेट नकाटिने, खुल्यो भुक्तानी गर्ने बाटो

  २०७९ वैशाख २० गते १३:४३     विकासन्युज

काठमाडाैं । सरकारले विदेशमा ब्यान्डविथ आयात गरेबापतको शुल्क भुक्तानीका लागि इन्टरनेट सेवा प्रदायकहरुलाई डलरको सटही सुविधा दिने भएको छ । योसँगै इन्टरनेट सेवा प्रदायकहरुले आगामी सातादेखि इन्टरनेटमा अवरोध नगर्ने भएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टाटा, एयरटेल र सिफी जस्ता कम्पनीलाई विदेशी रकममा भुक्तानी सिफारिस पूर्ण रूपमा बन्द गरेपछि विगत ६ महिनादेखि भुक्तानी रोकिएको थियाे ।

लामो समयदेखि भुक्तानी रोकिएकाले आगामी सातादेखि इन्टरनेट सेवा रोक्नुपर्ने बाध्यात्मक स्थिति आउन सक्ने इन्टरनेट सेवा प्रदायकहरूले बताउँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.