एनसेलले ल्यायो एसईई विद्यार्थीका लागि अफर: हरेक रिचार्जमा बोनस, निशुल्क ४ जिबि डाटा

  २०७९ वैशाख २० गते १०:२३     विकासन्युज

काठमाडौं । एनसेल आजियाटाले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नका लागि ४ जीबी डेटाका साथै रिचार्जमा बोनस लगायतका विभिन्न फाइदा लिन सक्नेछन् ।

यो योजना बैशाख १६ देखि संचालनमा आएको हो । एसईई २०७९ को परीक्षाको प्रवेश पत्र भएका सबै विद्यार्थीले आफ्नो वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी, एक प्रति पासपोर्ट साइज फोटोसहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाईन्टहरुबाट यो पहिलो सिम लिन सक्नेछन् ।

कर सहित मात्र ४८ रुपैयाँमा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले १० रुपैयाँको मेन ब्यालेन्स सहित सामाजिक सञ्जाल (फेसबुक, यूट्यूब र टिकटक) प्रयोग गर्नका लागि ४ जीबी डेटा (हरेक हप्ता १ जीबी डेटा गरि ४ हप्ता सम्म) को फाइदा लिन सक्नेछन् ।

यसका साथै पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्छन् । जसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउनका लागि १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । प्राप्त बोनस डेटा ७ दिनको लागि मान्य रहनेछ ।

सामाजिक सञ्जालको प्रयोगको लागि निश्चित डेटा भोलुभ सहित एसईई दिएका विद्यार्थीका लागि पहिलो सिम योजनालाई निरन्तरतादिन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.