बोसले खोल्यो नेपालमा बिक्री सम्पर्क कार्यालय

  २०७९ वैशाख १९ गते १६:४८     विकासन्युज

काठमाडौं । मोबिलिटी इकोसिस्टममा नेतृत्वदायी प्रविधि तथा सेवा प्रदायक कम्पनी बोस लिमिटेडले काठमाडौंको नक्सालमा सम्पर्क कार्यालय खोलेको छ । भारतमा सय वर्षभन्दा लामो विरासतपछि उक्त सम्पर्क कार्यालयमार्फत बोसले नेपालमा सशक्त उपस्थितिको प्रयास गरेको हो ।

अटोमोटिभ पार्टपुर्जाको बजार, पावर टुल्स, निर्माण प्रविधि, बोस रेक्सरोथ र बोस साइमेन्स होम अप्लाइन्सेस सेग्मन्टका वस्तु र सेवा प्रदानमा केन्द्रित हुने जनाईएको छ ।

११ सर्भिस पार्टनर र २५ कर्मचारीको बलमा बोसले सन् २०२४ सम्ममा आफ्नो बिक्री पहुँच तेब्बर बनाउने लक्ष्यसाथ नेपालभरका हजारभन्दा बढी सेकेन्डरी रिटेल ग्राहकलाई सेवा दिने लक्ष्य राखेको छ ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै बोस लिमिटेडका म्यानेजिङ डाइरेक्टर तथा भारतमा बोस ग्रुपका प्रेसिडेन्ट सौमित्र भट्टाचार्यले नेपालमा कार्यालय उद्घाटनसँगै बोसले सामाजिक सहभागिताको आफ्नो प्रतिबद्धता पूरा गर्ने जनानए । उनका अनुसार कम्पनीले ओखलढुंगा र पोखरामा स्वास्थ्य सचेतना र बालिकाहरुका लागि कार्यक्रम सुरु गर्नुका साथै आफ्नो सेकेन्डरी सेल्समा संलग्न जनशक्तिलाई सीप सिकाउन सुरु गरिसकेको छ ।

द बोस ग्रुप प्रविधि र सेवाको नेतृत्वदायी विश्वव्यापी आपूर्तिकर्ता हो । सन् २०२१ को डिसेम्बर ३१ सम्मको आँकडा अनुसार यसले विश्वभर ४ लाख १ हजार ३०० जनालाई रोजगारी दिएको छ । प्रारम्भीक तथ्यांकअनुसार यो कम्पनीको सन् २०२१ को बिक्री ७८.८ अर्ब युरो बराबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.