निर्वाचन अघिपछि लगातार ५ दिन सार्वजनिक विदा

  २०७९ वैशाख १८ गते १६:२५     विकासन्युज

काठमाडौं । बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको अघिपछि लगातार ५ दिन सार्वजनिक विदा हुने भएको छ ।

३० गते निर्वाचन हुने भएकोले सो दिन सार्वजनिक विदा हुन्छ । ३१ गते शनिवार नियमित विदा हुन्छ ।

जेठ १ गते आइतबार छ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरि आइतबार सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ ।

जेठ २ गते बुद्ध जयन्ती छ । बुद्ध जयन्तीको दिन हरेक वर्ष सार्वजनिक विदा हुन्छ । सरकारी पात्रोमा जेठ २ सार्वजनिक विदा नै जनाइएको छ ।

सरकारले बैशाख २९ गते पनि सार्वजनिक विदा घोषणा गर्ने तयारी गरेको छ । कामको सिलसिलामा अस्थायी बसोबास गर्ने मतदातालाई स्थायी थलोमा पुग्न सरकारले निर्वाचनका अघिल्लो दिन नै सार्वजनिक विदा दिने अभ्यास विगतमा पनि रहेको छ ।

मतदान केन्द्र रहेका स्कूल, कलेज, स्वास्थ्य चौकी लगायत सार्वजनिक निकायहरु बैशाख २८ गतेदेखि बन्द गरिने यसअघि नै सरकारले निर्णय गरेको छ ।

2 comments on "निर्वाचन अघिपछि लगातार ५ दिन सार्वजनिक विदा"

  • Janata says:

    प्रधानमन्त्रीदेखि उच्च पदस्थ अधिकारीहरु हिड्ने काठमाण्डौंको बाटोको छेउमा फोहर थुप्रेको देखेका छन् कि छैनन् कुन्नी ??? भोटमाग्न पार्टीको झण्डा उचालेर नाच्दै हिड्ने झोलेहरु पनि त्यो फोहरको थुप्रो पक्कै देखेका होलान् । भ्रष्टाचार गरी डकार्दै हिड्ने भ्रष्टहरुले पनि देखेकै छन् । आफूलाई भिआईपी भन्ने लठ्ठकहरुले पनि देखेकै होलान् । तिमीहरु सबैको असक्षमताको परिचय त्यही फोहरको दुर्गन्धबाट उडी रहेको छ । नालायक, भ्रष्ट, लाचार र निरीह सत्ताधारी तथा प्रशासकहरुले लाज पचाउने कि फोहर व्यवस्थापन गर्न सक्रियता देखाउने ???

  • Dipak says:

    त्यो फोहर बाट पनि अग्रगामी दुर्गन्ध आइरहेको होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.