नर्भिक अस्पतालमा निःशुल्क ओपिडी लिन यो नम्बरमा कल गर्नुस्

  २०७९ वैशाख १६ गते १३:३९     विकासन्युज

काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत यही वैशाख १७ गते निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने जनाएको छ ।

अस्पतालले बिहान ८ बजेदेखि १० बजे र बिहान ९ बजेदेखि साढे १० बजेसम्म गरी दुई टिमले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने अस्पतालले जनाएको ।

अस्पतालको उक्त नि:शुल्क सेवा लिनका लागि घरबाटै अग्रिम टिकट लिन सकिने अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ । जसका लागि ह्वाट्स एपमा ५९७००३२ तथा भाइबरमा ९८८०८८८००० मा सम्पर्क सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ ।

नर्भिकले चैत महिनाभरि पनि निःशुल्क ओपिडी अभियान सञ्चालन गरेको थियो । सर्वसाधारणबाट माग आएपछि पुनः यो शनिबार पनि निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ ।

बिहान ८ देखि १० बजेसम्म यूरो सर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त विष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थीसम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा सञ्चालन गर्नेछन् । यो टिमले विहान ८ बजेदेखि १० बजेसम्म सेवा दिनेछ ।

यसैगरी, ९ बजेदेखि साढे १० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.