यामाहाको आयोजनामा ‘महा एक्सचेन्ज मेला’ सुरु, सहभागीले २१ लाखसम्म जित्न सक्ने

  २०७९ वैशाख १६ गते १३:०८     विकासन्युज

काठमाडौं । यामाहाको ‘महा एक्सेन्ज मेला’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपालका लागि यामाहाका आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित उक्त मेला वैशाख २२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

यस महा एक्सचेन्ज मेलामा थुप्रै सुविधा र विभिन्न आकर्षक उपहारको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने र सो गर्नेलाई बजार मूल्यांकनको अतिरिक्त १० हजार रूपैयाँ दिइने कम्पनीले घोषणा गरेको छ ।

साथै, यस ‘महा एक्सचेन्ज मेला’मा सहभागी भएर एक्सचेन्ज गर्ने वा यामाहाका कुनै पनि नयाँ मोटरसाइकल/स्कुटर खरिद गर्ने ग्ग्राहकले कम्पनीले सञ्चालन गरिरहेको नयाँ वर्ष अफर ‘मल्टिप्लाई योर ह्यापिनेस २०७९x१००० टाइम्स’मा सहभागी हुने अवसर पाउनेछन् । यसअनुसार ग्राहकले दैनिक रूपमा दुई लाख सात हजार ९०० र बम्पर उपहारमा २० लाख ७९ हजार रुपैयाँसम्म जित्न सक्नेछन् ।

एक्सचेन्ज मेलामा टेष्ट राइडको कार्यक्रम पनि राखिएको छ । उक्त टेष्ट राइडका सहभागीमध्येबाट हरेक दिन एकजनाले माउण्टेन फ्लाइटको टिकट उपहार प्राप्त गर्ने अवसर पनि रहेको छ ।

यसैगरी, मेलामा यामाहाका कुनै पनि बाइक/स्कुटर लिन चाहनेहरूका लागि “अन द स्पट फाइनान्स” सुविधा पनि उपलब्ध रहेको छ । उक्त फाइनान्स सुविधा अन्तर्गत ग्राहकलाई कुल मूल्यको ४० प्रतिशत अग्रिम भुक्तानी र सबैभन्दा न्यून किस्तामा बाइक/स्कुटर लिन पाउने कम्पनीले जनाएको छ ।

यस मेलाबाट धेरैभन्दा धेरैले लाभ उठाउने कम्पनीले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.