अजोड इन्स्योरेन्सका सीईओ खत्रीले पाए निरन्तरता

  २०७९ वैशाख १६ गते ११:५२     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले निरन्तरता पाएका छन् । बैशाख १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा निरन्तरता दिने निर्णय गरेको हो ।

समितिको उक्त निर्णयलाई बीमा समितिले स्वीकृति दिनु पर्ने छ । समितिको स्वीकृति पाएपश्चात सीईओ खत्रीले थप एक कार्यकाल अर्थात आगामी ४ वर्षसम्म कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् ।

उनको पहिलो कार्यकालमा इन्स्योरेन्सले राम्रो ग्रोथ गरेको कम्पनीले प्रकाशित गरेको तथ्यांकले देखाउँछ । सोही कारण इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उनलाई पुनः सीईओ पदमा दोहोर्याउने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.