काठमाडौं विश्वविद्यालयको आयोजनामा आर्किटेक्चर एक्स्पो

  २०७९ वैशाख १५ गते १६:००     विकासन्युज

काठमाडौं । काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रेको आयोजनामा विहीबार एकदिने आर्किटेक्चर एक्स्पो सम्पन्न भएको छ ।

विश्वविद्यालयको डिपार्टमेन्ट अफ सिभिल इन्जिनियरिङ आर्किटक्चरल कार्यक्रमको आयोजनामा भएको प्रारम्भ आर्किटेक्चर एक्स्पोमा विभिन्न निर्माण सामग्रीका स्टलहरू राखिएका छन् ।

एस्पोको अवसरमा अन्तर कलेज आर्किटेक्चरल स्टल डिजाइन प्रतियोगिता भएको थियो । साथै, लाइभ आर्ट एण्ड डिजाइन प्रतियोगिता प्रोजेक्ट डिस्प्ले गरिएको थियो । एक्स्पोमा सहभागी नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले एक्स्पोमा आफूहरूसहित धेरै स्टलहरु रहेको जनाए ।

आर्किटेक्चरका विद्यार्थीहरूमा वातावरणमैत्री निर्माण सामाग्रीको प्रयोगबारे जनचेतना दिने उद्देश्यले एक्स्पोमा आफूहरू सहभागी भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.