आईपीओबाट मात्रै १६ लाख फाइदा भएपछि…

  २०७९ वैशाख १५ गते १५:५०     युवराज दहाल

मेरो स्थायी घर भएको स्थान दमकमा एक जना छिमेकी जो कक्षा १० सम्म मात्र आफ्नो अध्ययन पूरा छ । उहाँलाई पुँजी बजारको सन्दर्भमा खासगरी संस्थाहरूले निष्कासन गर्ने प्राथमिक सेयरमा लगानी गर्ने तरिका, यसबाट हुने फाइदालगायतका सामान्य वित्तीय रूपले साक्षर हुने गरी मात्र ज्ञान प्रदान गर्ने मौका पाएको थिएँ । २०६८ सालदेखि उहाँले संस्थाको प्राथमिक सेयरमा मात्र लगानी गर्न सुरु गर्नु भएकोमा उहाँको पुँजीको लागतलाई नगर्दा हालसम्म करिब तीन लाखको लगानी रहेको र सोको हालको बजार मूल्य करिब १९ लाख रुपैयाँ भएको पाएँ ।

माथिको वास्तविक उदाहरणले समेत पुँजी बजारको विकासबाट केही सीमित वर्गले मात्र फाइदा लिने गरेको हालको गुनासो सम्बोधन भई दुरदराजसम्म पुँजी बजारको दायरा बढाउन वित्तीय साक्षरताको महत्वलाई प्रष्ट पार्दछ ।

१. परिचय

आम सर्वसाधारणलाई बैंकिङ तथा वित्तीय प्रणालीअन्तर्गतका विभिन्न अवयवको प्रयोगको बानी विकास गर्न एवम् विभिन्न बैंकिङ तथा वित्तीय क्रियाकलापको बारेमा जानकारी प्रवाह गरी वित्तीय पहुँच बढाउन गरिने क्रियाकलाप नै वित्तीय साक्षरता हो । यसबाट कुनै व्यक्तिसँग भएको विभिन्न वित्तीय स्रोत साधनको प्रभावकारी एवम् मितव्ययी तवरले उपयोग गरी सर्वसाधारणसँग रहेको रकमलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाह गर्न ज्ञान प्रदान गर्ने, आफूसँग भएको सीमित स्रोत र साधनको प्रभावकारी उपयोगबाट कसरी आफ्नो आम्दानीको स्तरमा सुधार गर्न सकिन्छ भन्ने सम्बन्धमा सिकाउनेलगायतका बचत, कर्जा, लगानी, अन्य बैंकिङ उपकरणको सम्बन्धमा सामान्य जानकारी दिने, वित्तीय चेतना अभिवृद्धि गर्ने, सर्वसाधारणलाई बैंकिङ बानीको विकास गर्ने, आफूसँग भएको वित्तीय स्रोतको प्रभावकारी उपयोग गर्नेसम्मका कार्यक्रमहरू वित्तीय साक्षरता अन्तर्गत समावेश हुन्छन् ।

अर्कोतर्फ सामान्यतः एक वर्षभन्दा बढी समयावधिको लागि निष्कासन गरिने एवम् खरिद बिक्री गरिने प्रतिभूतिहरूको कारोबारमा संलग्न बजारलाई पुँजी बजार भनिन्छ । यो बजारमा दीर्घकालीन वित्तीय उपकरणहरू सेयर, बन्ड, डिवेञ्चरको निष्कासन र त्यस्ता प्रत्याभुतिको खरिद बिक्री हुन्छ, जसलाई दीर्घकालीन कोषको प्रवाहमा संलग्न बजारको रूपमा समेत परिभाषित गर्न सकिन्छ । पूँजी बजारको माध्यमबाट विभिन्न संघसंस्था र सरकारलाई आवश्यक पर्ने स्थिर पुँजीको लागि कोषको आपूर्ति गरिन्छ । यस्तो बजारमा खरिद बिक्री हुने उपकरणको परिपक्व अवधि एक वर्षभन्दा बढी रहने र प्रतिफलसमेत अधिक रहने हुनाले जोखिमको मात्रासमेत अधिक रहन्छ । पुँजी बजारले बचतकर्ता र लगानीकर्ताबीच मध्यस्थता भई कार्य सम्पन्न गरेको हुन्छ । बचतकर्तालाई ब्याज र लगानीकर्तालाई लाभांश उपलब्ध गराई बचत एवम् लगानी दुवैलाई प्रोत्साहन गर्न पुँजी बजारले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यसै गरी, पुँजी निर्माण कार्यलाई प्रश्रय दिई समग्र देशको आर्थिक वृद्धिमा सकारात्मक योगदान प्रदान गर्न समेत पुँजी बजारको भूमिका रहेको हुन्छ ।

२. वित्तीय साक्षरता र पुँजी बजार

पुँजी बजारको विकासमा वित्तीय साक्षरताको महत्वपूर्ण भूमिका रहेको हुन्छ । पुँजी बजारसम्बन्धी विभिन्न उपकरणको प्रयोग गर्ने विधि, विभिन्न कम्पनीमा गरिने लगानी, आफूसँग रहेको वित्तीय साधन र स्रोतको अभावकप्रभावकारी उपयोग गरी आय आर्जनका क्रियाकलापमा वृद्धि एवम् अप्रत्यक्ष रोजकारीको सुनिश्चितताको निमित्त पुँजी बजारसम्बन्धी ज्ञान र सीपको आवश्यकता पर्दछ र यी विषयवस्तुको ज्ञान तथा सीप वित्तीय साक्षरतामार्फत हासिल गर्न सकिन्छ । नेपालमा पुँजी बजारको विकास प्रारम्भिक चरणमा रहेको छ । अझै पनि सम्पूर्ण जनतामा पुँजी बजारसम्बन्धी पर्याप्त ज्ञानको अभाव रहेको छ । दुरदराजमा रहेको वित्तीय साधन र स्रोतको प्रभावकारी उपयोगको लागि त्यस क्षेत्रमा बसोबास गरिरहेका मानिसमा जबसम्म विभिन्न वित्तीय उपकरणका ज्ञानको अभाव हुन्छ, तबसम्म नेपालको पुँजी बजारको विकासले गति लिन सक्ने देखिंदैन । यस कारण नेपालमा पुँजी बजारको द्रुततर विकास गरी देशको आर्थिक विकासमा टेवा पुयाउन सम्पूर्ण जनतामा न्यूनतम वित्तीय साक्षरता आवश्यक छ ।

पुँजी बजारको विकासको लागि सर्वप्रथम देशका सम्पूर्ण जनता पुँजी बजारसम्बन्धी लगानीका विभिन्न तरिका, अवसर जस्ता आधारभूत पक्षबारे जानकार रहनुपर्छ । जस्तै; कुनै कम्पनीलाई आफ्नो वित्तीय स्रोतको आवश्यकता परिपूर्ति गर्न सर्वसाधारणमा सेयर जारी गर्नुपर्ने अवस्थामा सर्वसाधारणबाट उक्त कम्पनीको सेयर खरिद गर्न आवेदन प्राप्त नभएमा उक्त कम्पनीले वित्तीय आवश्यकता पूरा गर्न सक्दैन । जसको कारणले उक्त कम्पनीले आफ्ना लगानीका अवसर गुमाउन सक्छ र यसबाट स्वयम् कम्पनीको मात्र अवसर गुम्दैन, सर्वसाधारणको हातमा रहेको रकमको सदुपयोग नहुने, रोजगारीका अवसर सिर्जना नहुने, बचतको क्षेत्रबाट न्यून क्षेत्रतर्फ कोषको प्रवाह हुन नसक्ने, सरकारको कर सङ्कलनमा प्रभाव पर्ने जस्ता असर उत्पन्न हुने गर्छ । यसबाट विभिन्न सरोकारवालालाई प्रत्यक्ष असर परेको हुन्छ ।

वित्तीय साक्षरताबाट सबै उमेर एवम् आम्दानी समूहका उपभोक्ताहरू प्रत्यक्ष लाभान्वित हुन सक्छन् । आफ्नो आम्दानीको दायरा एवम् परिमाणमा अभिवृद्धि गर्दै समग्र जीवनस्तरमा सुधार ल्याउनसमेत वित्तीय साक्षरताको खाँचो पर्दछ । आम सर्वसाधारणलाई आम्दानी, वन, बचत तथा लगानीको योजना बनाउन वित्तीय साक्षरता आवश्यक पर्दछ । साथै परिवारमा वित्तीय अनशासन कायम राख्नसमेत यो अपरिहार्य हुन्छ । न्यन आय भएका वर्गलाई आफूसँग भएको वित्तीय स्रोतबाट अधिकतम प्रतिफल प्राप्त हुने सुनिश्चित तौर तरिका थाहा पाउने माध्यम वित्तीय साक्षरता नै हो । यसरी ठला एवम् साना लगानीकर्ता अथवा आयस्तर उच्च, मध्यम एवम् न्यून हुने वर्गलाई आफ्नो लगानीको निर्णय गर्न विभिन्न वित्तीय उपकरण, लगानीका विकल्प आदिको बारेमा स्पष्ट ज्ञान हुनु आवश्यक छ । पुँजी बजारका विभिन्न उपकरणमध्ये सही र उपयुक्त उपकरणमा लगानी गरी अधिकतम प्रतिफल हासिल गर्न वित्तीय साक्षरताले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

३. पुँजी बजारमा वित्तीय साक्षरताको आवश्यकता

पुँजी बजारमा प्रयोग हुने विभिन्न उपकरण एवम् पुँजी बजारका लगानीका विकल्पहरू सर्वसाधारणले सजिलै बुझ्न सक्ने किसिमका कमै हुन्छन् । त्यस्ता साधनमा लगानी गर्दा लाग्ने शुल्क, कमिसन, हरेक वर्ष प्राप्त हुनसक्ने प्रतिफलको दर, तरलता, परिपक्व अवधि एवम् लगानी फिर्तामा सहजताको अवस्था, कर छुट तथा सहुलियत जस्ता विविध पक्षले यस्ता उपकरणलाई जटिल बनाएको हुन्छ । यस प्रकार लगानीकर्तामा ती सम्पूर्ण विषयवस्तुको पूर्ण ज्ञान नरहँदासम्म अपेक्षित लगानी नहुन सक्छ । लहडको भरमा लगानी गरिएको अवस्थामा लगानीकर्ताको लगानी नै धरासायी बन्न सक्छ । त्यसैले पुँजी बजारमा उपलब्ध हुने विविध विकल्पको पर्याप्त जान लगानीकर्तामा हुनुपर्छ जुन ज्ञान वित्तीय साक्षरताकै एउटा पाटो हो ।

सन् १९८० को दशकमा विश्वभर आर्थिक उदारीकरणको चरण प्रारम्भ भएकोमा यसबाट नेपालसमेत अछुतो रहन सकेन । सन् १९८४ मा नेपालमा संयुक्त लगानीमा नेपाल अरब बैंक लिमिटेडको स्थापना भएसँगै आर्थिक उदारीकरणको युग सुरु भएको मान्न सकिन्छ । त्यसपश्चात् विभिन्न चरण पार गर्दै आज बैंकिङ तथा वित्तीय क्षेत्रमा सूचना प्रविधिको प्रयोगको युग प्रारम्भ भएको छ । पुँजी बजारका विविध क्रियाकलापमा समेत यसले प्रत्यक्ष असर पारेको हुन्छ । आज सूचना प्रविधिविनाको बैंकिङ तथा वित्तीय क्षेत्रको परिकल्पनासमेत गर्न सकिँदैन । यस कारण पूँजी बजारसम्बन्धी क्रियाकलापको सम्बन्धमा सूचना प्रविधिको बढ्दो प्रयोग, यस्ता प्रविधिको प्रयोग गर्ने तरिका जस्ता पक्षमा समेत लगानीकर्ताले आवश्यक ज्ञान हासिल गर्नुपर्ने भएको छ, जसको निमित्त वित्तीय साक्षरता नै आवश्यक पर्छ ।

पछिल्लो समयमा आर्थिक क्रियाकलापमा सक्रिय जनसंख्या र निष्क्रिय जनसंख्याबीचको असन्तुलन बढेको छ । थोरै सक्रिय जनसंख्याले धेरैलाई पालन पोषण गर्नुपर्ने अवस्था आएको छ । यस्तो अवस्थामा व्यक्ति, परिवार एवम् समग्र राष्ट्रले नै प्रभावकारी वित्तीय योजना तर्जुमा गरी अघि बढ्नुपर्ने देखिन्छ । दुरदराजमा समेत पुँजी बजारका गतिविधि अभिवद्धि गरी अर्थोपार्जनका क्रियाकलाप बढाउन सबैमा वित्तीय साक्षरताको आवश्यकता महसुस हुँदै गएको छ ।

विभिन्न कम्पनीले निष्कासन गर्ने सेयर, डिवेञ्चर, बण्ड एवम् अन्य दीर्घकालिन वित्तीय उपकरणमा लगानी गर्नुपूर्व लगानीकर्तालाई त्यस्ता कम्पनीको वित्तीय स्थितिको सम्बन्धमा न्यूनतम ज्ञान हासिल हुनु जरुरी हुन्छ । नेपालको सन्दर्भमा वि.सं. २०४० र ५० को दशकमा विभिन्न कम्पनीले सर्वसाधारणमा सेयर निष्कासन गर्दा पर्याप्त आवेदन नै नपर्ने अवस्था रहेको थियो । यसको मूल कारण भनेकै सर्वसाधारणमा यस्ता वित्तीय उपकरणमा लगानी गर्दा हुने फाइदाको सम्बन्धमा ज्ञान नहुनु हो । हालको नबिल बैंक लिमिटेडले सर्वसाधारणमा सेयर निष्कासन गर्दा कुनै व्यक्तिले दश हजार रुपैयाँको लगानी गरेको रकम आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा एक करोड रुपैयाँभन्दा बढी प्रतिफल हासिल भइसकेको तथ्य सार्वजनिक भएको छ । यसबाट के स्पष्ट हन्छ भने पुँजी बजारका विविध उपकरणको सम्बन्धमा पर्याप्त ज्ञान एवम् वित्तीय शिक्षाको कमीका कारण सर्वसाधारणले उचित एवम् उच्च प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्न चुकिरहेका छन् र यसबाट आफ्नो। आम्दानीको स्तर अभिवृद्धिमा लगाम लागेको अवस्था छ । यसकारण सर्वसाधारणसँग छरिएर रहेको बचत रकमलाई एकत्रित गरी कोषको अभाव रहेको क्षेत्रतर्फ कोष प्रवाह गर्न पुँजी बजारको महत्वपूर्ण भमिका भने पुँजी बजारका विभिन्न उपकरणमा पर्याप्त आकर्षित गर्न वित्तीय साक्षरताको आवश्यकता पर्दछ ।

४. नेपालमा वित्तीय साक्षरतासम्बन्धी चुनौती

समाजमा विभिन्न तह तथा विभिन्न स्तर र चेतना भएका समुदायको मिश्रित बसोबास रहेको छ । साथै अवसरको दृष्टिकोणबाट समेत विविधतायुक्त समाज अस्तित्वमा रहेको छ । तसर्थ वित्तीय साक्षरता भन्ने वित्तिकै कसको लागि, कुन वर्गको लागि, कुन भूगोलमा बस्ने समुदायको लागि आदि जस्ता कुराले प्रभाव पार्दछन् । तसर्थ लक्षित वर्गअनुसार वित्तीय साक्षरताको लागि सामग्री तथा वित्तीय साक्षरतासम्बन्धी कक्षा लिनुपर्ने हुन्छ । यसका लागि विभिन्न तहका जनताले बझ्ने किसिमको पाठ्यसामग्री, माध्यम आदिको प्रयोग गरिनपर्छ । देशको फरकफरक भूभागमा फरकफरक संस्कृति, भाषा, भेषभुषा भएका मानिसको बसोबास भएकोले स्थानीय तहमा कार्यक्रम लैजाँदा उनीहरूकै भाषामा सामग्री तयार गरेर लैजानु तथा स्रोतव्यक्ति समेत त्यही भाषाको प्रयोग गर्नु प्रभावकारी हुन्छ । पुँजी बजारसम्बन्धी विविध पक्षको जानकारी प्रवाह गर्दासमेत लक्षित वर्गको ज्ञानको स्तर, लगानीको स्रोत र परिमाण जस्ता पक्षमा विचार गरेर सोहीबमोजिम सामग्री तयार गरेको खण्डमा मात्र वित्तीय साक्षरता कार्यक्रम प्रभावकारी बन्न पुग्छ । अन्यथा वित्तीय साक्षरता कार्यक्रम प्रभावकारितामा सुधार हुन नसकी स्रोत र साधन व्यर्थमा खेर जाने हुन्छ ।

वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम विभिन्न संघसंस्थाले गर्ने गरेका छन् । नियामक निकाय नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बीमा समितिलगायत अन्य विभिन्न संघसंस्थाबाट स्वयम आफै अग्रसर भई तथा नियामकीय प्रावधानमार्फत आफूले नियमन गर्ने संस्थाबाट समेत यस्ता कार्यक्रम हुनुले यसलाइ राम्रो पक्षको रूपमा लिन सकिन्छ । तर पनि यस्ता कार्यक्रमको स्तरीय ढाँचा वा फ्रेमवर्कको अभावमा कार्यक्रम सतही रूपमा छरिएको देखिन्छ । स्तरीय ढाँचा र निर्देशिकाको अभावमा अलगअलग संस्थाले वित्तीय साक्षरताको नाममा उनीहरूको उत्पादनको प्रचारप्रसार गर्ने, उनीहरुको ब्राण्ड नामको मात्र बयान र विज्ञापन गर्ने जस्ता सम्भावनालाई नकार्न पनि सकिदैन । यसर्थ, यस्ता कार्यक्रम सञ्चालन गर्दा सकेसम्म एकै किसिमका विधि, पद्धति एवम् प्रक्रियाको अवलम्बन गर्नु चुनौतीपूर्ण रहेको छ ।

वित्तीय साक्षरता कार्यक्रम एउटा निरक्षर मानिसदेखि विविद्यालयबाट दीक्षित वर्ग एवम् स्वयम् वित्तीय क्षेत्रमा काम गर्ने जनशक्तिसम्मलाई पनि आवश्यक पर्ने देखिन्छ । वित्तीय क्षेत्रमा भएका नयाँनयाँ विकास एवम् प्रविधिको बारेमा त्यस क्षेत्रमा कार्यरत जनशक्तिले थाहा पाउने व्यवस्था गर्नु पनि वित्तीय साक्षरताको एउटा रूप हो । विद्यार्थीको लागि, वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै केही गर्न चाहनेका लागि, आमा समूह जस्ता मामीण भेगमा बसोबास गर्ने महिलाका लागि, जेष्ठ नागरिकका लागि, अलगअलग वर्ग र समुदायका लागि वित्तीय साक्षरता आवश्यक छ । तर अलगअलग समुदाय तथा लक्षित वर्गका कार्यक्रम सञ्चालन गर्दा अलगअलग तहको सामग्रीको आवश्यकता पर्दछ । सामग्रीको गणस्तरीयतासमेत अलगअलग चाहिन्छ । यसै गरी, कतिपय उदाहरण; उनीहरूकै वरपरबाट लिँदा प्रभावकारी हन्छ । कतिपय सामग्री पाठ्यपुस्तक हुन आवश्यक हुन्छ भने कतिपय सामग्री श्रब्य प्रभावकारी हुन्छ । युवा वर्गको लागि मोबाइल एप्सको प्रयोग प्रभावकारी हुन सक्छ । तर हाल प्रयोगमा रहेका सामग्रीहरू अत्यन्त सीमित छन् । कतिपय सामग्रीको गुणस्तर कमजोर छ भने कतिपय सामग्रीलाई अद्यावधिक गर्नुपर्ने अवस्था छ । यसकारण वित्तीय साक्षरताका लागि लक्षित वर्गअनुसार उपयोगी एवम् अनुकूल सामग्रीको अभाव छ ।

वित्तीय साक्षरताको क्षेत्र व्यापक छ । यो हरेक क्षेत्र एवम् व्यवसायका मानिसका लागि आवश्यक छ । तर ’हालको विधिअनुसार आयोजना गरिएका वित्तीय साक्षरता कार्यक्रमले धेरै ठूलो क्षेत्रलाई समेट्न सकेको देखिँदैन । यसकारण भरसक सबै क्षेत्रलाई समेट्ने गरी वित्तीय ’साक्षरता कार्यक्रम सञ्चालन गरिनुपर्छ । यसको लागि ७५३ वटै स्थानीय तहले आफ्नो वार्षिक कार्यक्रममा वित्तीय साक्षरता कार्यक्रम समावेश गरेर कार्यान्वयन गर्ने हो भने यसले देशको व्यापक क्षेत्रलाई समेट्न सक्ने देखिन्छ । यसै गरी, विभिन्न उद्योग वाणिज्यसम्बद्ध संघसंस्था, अन्य पेसागत संघ/सङ्गठनलाई समेत परिचालन गरेर अघि बढ्न सके वित्तीय साक्षरताको प्रभावकारितामा वृद्धि हुन सक्ने देखिन्छ ।

नेपालमा पुँजी बजारको विकासलाई हेर्ने हो भने पछिल्लो समय अत्याधुनिक सूचना प्रविधिको प्रयोग क्रमशः बढ्दै गइरहेको देख्न सकिन्छ । जस्तै, कुनै समय कम्पनीले जारी गरेको सेयरमा आवेदन दिन घण्टौं लाइनमा लागेर भौतिक रूपमा उपस्थित भई सेयर आवेदन दिनपर्ने अवस्था थियो भने हाल आएर घरमै बसीबसी विभिन्न कम्पनीको प्रतिभूतिमा लगानी गर्न सकिने भएको छ । त्यस्तै, नेप्से कारोबारमा समेत अनलाइन प्रणालीको विकास भइसकेको छ । तर आम सर्वसाधारणलाई यसको प्रयोग गर्न सिकाउने, विभिन्न धितोपत्रमा लगानी गर्ने र खरिद बिक्री गर्ने तरिका आदिको सन्दर्भमा समेत आवश्यक ज्ञान आदानप्रदान गर्नुपर्ने देखिन्छ । अझै पनि देशका विभिन्न भेगमा बसोबास गर्ने ठुलो जनसंख्या इन्टरनेटको पहुँचबाट बाहिर रहेको, इन्टरनेटको पहुँच पुगेको स्थानमा समेत यसको गुणस्तरमा कमीको कारण विभिन्न अनलाइन एपहरू सञ्चालनमा कठिनाई भएको जस्ता पक्षलाई विर्संदा पूँजी बजारसँग सम्बन्धित विभिन्न अनलाइन प्रणालीको प्रयोग विधिको सम्बन्धमा समेत सर्वसाधारणलाई जानकारीको अभाव रहेको छ । यसकारण यस्ता नवीनतम विधिको प्रयोगका सम्बन्धमा समेत आवश्यक ज्ञान प्रदान गर्न वित्तीय साक्षरता आवश्यक देखिन्छ ।

५. पुँजी बजारका चुनौती

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड दोस्रो बजारमा धितोपत्रको कारोबार गर्ने एक मात्र पुँजी बजार हो । त्यसैले पुँजी बजारमा चुनौतीसमेत प्रशस्त छन् । अहिलेको पुँजी बजार सेयर कारोबारमा सीमित छ, ऋणपत्रहरूको कारोबार नगन्य छ, डेरिभेटिभ प्रकृतिका वित्तीय औजारको कारोबार भएको छैन । विभिन्न वास्तविक क्षेत्रका कम्पनीलाई समेत पुँजी बजारमा भित्र्याउनुपर्ने चनौती देखिन्छ । पुँजी बजार अर्थतन्त्रको ऐना हो । पुँजी बजारको उचित विकास हुन सकेमा अर्थतन्त्रसमेत चलायमान हुन्छ । यसकारण पुँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई समेत आकर्षित गर्न नेपालको पुँजी बजारको प्रमुख चुनौती रहेको छ।

विश्वका अधिकांश मुलुकमा पुँजी बजार सरकारी स्वामित्वमा रहेका छैनन् । तर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड अझै पनि सरकार मातहत रहेको छ। सरकारी स्वामित्वमा रहेकै कारणले विभिन्न नीतिगत निर्णय एवम् दैनिक कामकारबाहीमा अनावश्यक ढिलासुस्ती हुने गरेको तथ्यलाइ नकार्न सकिदैन । नेपाल स्टक एक्सचेञ्जमा नेपाल राष्ट्र बैंकले आफ्नो सेयर क्रमशः विनिवेश गर्दै लगेको छ भने नेपाल सरकारको सेयर कायमै छ । यसर्थ नेपाल सरकारको स्वामित्वमा रहेको सेयर विनिवेश गरी सार्वजनिक निजी साझेदारीको अवधारणा अपनाई पूँजी बजारमा निजी साझेदार भित्रयाउन अर्को चनौती छ ।

नियामक निकायबाट वित्तीय साक्षरता सम्बन्धमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको परिप्रेक्ष्यमा त्यस्ता कार्यक्रम लक्षित वर्ग र क्षेत्रमा प्रभावकारी रूपले पुर्याउन सकिएको छैन । वित्तीय साक्षरताको नाममा महँगा तारे होटलमा गरिने गोष्ठी, सभा सम्मेलनले पक्कै पनि दुरदराजमा रहेका सर्वसाधारणको वित्तीय चेतनाको स्तरमा अभिवृद्धि गर्न सहयोग पुयाउँदैनन् । यसर्थ यस्ता कार्यक्रमलाई सम्बन्धित पक्षसमक्ष पुरÞ्याउनु पनि पुँजी बजारको क्षेत्रमा अर्को चुनौती रहेको छ।

नेपालको पुँजी बजार समय र प्रविधिअनुसार तुरुन्त परिवर्तन हुन नसक्नुलाई यो क्षेत्रको अर्को चुनौतीको रूपमा लिन सकिन्छ । पछिल्लो समयमा विभिन्न प्रविधिको प्रयोग बढ्दै गइरहेको भए तापनि यस्ता प्रविधिमा बेलाबखत देखिने समस्याले कारोबार प्रभावित भइरहेका विषय सञ्चारमाध्यममा आइरहन्छन्। यसकारण बदलिँदो सुचना प्रविधिको समयमै प्रयोग गर्ने र त्यस्ता प्रविधिहरूको सम्भावित जोखिम न्यूनीकरण गरी अघि बढ्नु चुनौती देखिन्छ ।

नेपालमा विगत केही वर्ष अघिदेखि केन्द्रिय निक्षेप सेवा लागू भएको छ । तर अझै पनि देशभित्र त सम्भावित लगानीकर्तासम्म दोस्रो बजार सेवा सकेको छैन । सम्पूर्ण सम्भावित लगानीकर्तासम्म बजारको पहुँच पुर्याउनु अर्को चुनौती छ ।

पुँजी बजारमा विदेशी लगानीलाई हाल पूर्ण निषेध गरिएको छ । पुँजी बजारमा लगानीको लगानीकर्ताले मुख्य रूपमा बैंक तथा वित्तीय संस्थामा निर्भर रहनु परेको र विविधीकरणका लागि अन्य एवम् वित्तीय औजारको उपलब्धता अत्यन्त न्यन यसकारण विभिन्न अन्तर्राष्ट्रिय अभ्यास एवम् प्रचलित काननको आधारमा पुँजी बजारमा समेत विदेशी लगाई खुला गर्नुपर्ने चुनौती रहेको छ ।

नेपालमा केही बाठा लगानीकर्ताले विभिन्न व्यक्तिमार्फत भित्री सुचना लिएर अनधिकृत रूपमा सेयर कारोबार गर्ने गरेको सुनिएकै छ । अतः यस्ता भित्री कारोबारलाई न्यूनीकरण गर्न एवम् यस्तो गरेको थाहा भएमा कडा कानुनी कारबाही गर्न चुनौतीपूर्ण देखिन्छ । पछिल्लो समयमा काठमाडौंबाहिर पनि ब्रोकर कार्यालय सञ्चालनमा आएका छन् । तर ती ठूला सहरमा मात्रै सीमित देखिन्छन् । अर्थात् दोस्रो बजारको ठूलो हिस्सा काठमाडौं उपत्यकामै रहेको देखिन्छ । यसकारण पुँजी बजारमा व्यापक रूपमा सचेतनाको आवश्यकता रहेको छ ।

६. पुँजी बजारको विकासमा वित्तीय साक्षरताको महत्त्व
माथि उल्लेख गरेबमोजिम वित्तीय साक्षरताको आवश्यकता जुनसुकै समुदाय, वर्ग, जातिलाई पर्छ । फरक यति मात्र हो, वित्तीय ज्ञान र चेतनाको स्तरले कस्तो समुदायमा कस्तो प्रकारको वित्तीय साक्षरताको कार्यक्रम आवश्यकता पर्छ, सोहीबमोजिम वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ । नेपालको पूँजी बजार अझै पनि प्रारम्भिक चरणमा रहेको र यसको समुचित विकास गर्न सकेमा समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने हुनाले पुँजी बजारमा देखिएका चुनौतीलाई वित्तीय साक्षरताको माध्यमबाट केही हदसम्म न्यूनीकरण गर्दै लैजान आवश्यक रहेको हुन्छ । आम सर्वसाधारणले पनि पुँजी बजारमा भाग लिन सक्ने अवस्थाको सिर्जना जेल पुँजी बजारको विकास सम्भव छैन । यसकारण को सबै भूगोलमा बसोबास गर्ने जनतासमक्ष की बजारसम्बन्धी चेतना जगाउन वित्तीय साक्षरता कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

७. पुँजी बजारको चेतना अभिवृद्धि सम्बन्धमा भएका केही प्रयास
पुँजी बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डले साधारणमा पुँजी बजारसम्बन्धी विविध जनचेतनामलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । विराटनगरमा प्रथम प्रादेशिक पुँजी बजार प्रदर्शनी, हरेक वर्ष विश्व लगानीकर्ता सप्ताह कार्यक्रमको आयोजना, नियमित लगानीकर्ता प्रशिक्षण जस्ता कार्यक्रममार्फत पूँजी बजारसम्बन्धी चेतना अभिवृद्धि गर्दै आएको छ । यसै गरी, धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी विषयवस्तु माध्यमिक तथा विश्वविद्यालयका विभिन्न तहको पाठ्यपुस्तकमा समावेश गर्न आवश्यक समन्वय एवम पहल गरिरहेको छ । पुँजी बजारसम्बन्धी आधारभूत तथ्यलाई पाठ्यक्रममा समावेश गर्न सकिएको खण्डमा यसबाट वित्तीय चेतनामा अभिवृद्धि हुन गई सोबाट अन्तत्वोगत्वा समग्र देशलाई नै लाभ पुग्न सक्छ ।

यसै गरी, नेपाल धितोपत्र बोर्डले २०७६ सालदेखि हरेक महिनाको पहिलो बुधबार रेडियो कान्तिपुरमार्फत लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रमको प्रसारण थालेको छ । यो कार्यक्रम पूँजी बजारसम्बन्धी गुनासो समाधान गर्न, नीति नियम तर्जुमा गर्न, मौजुदा ऐन, नियम एवम नीति नियममा आवश्यक पुनरावलोकन एवम् संशोधन गर्न सहयोगी भएको छ । यसै गरी, बोर्डले समयसमयमा आर्थिक क्षेत्रका पत्रकारलाई प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । सन् २०१९ मा नेपालमा पहिलो पटक वित्तीय साक्षरतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ओईसीडी/आईएनएफईसँगको सहकार्यमा सम्पन्न गरेको छ । यसै गरी, विभिन्न समयमा लगानीकर्तालाई प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । यस प्रकार नेपालको पुँजी बजारको विकास र विस्तारका लागि वित्तीय साक्षरतासम्बन्धी केही प्रयास भएका छन् ।

८. अबको दिशा
माथि उल्लेख गरिएबमोजिम नेपालमा विशेष गरी पुजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुँजी बजारको विकास र विस्तारमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ । वित्तीय साक्षरता र पुँजी बजारलाई एकसाथ जोडेर हेर्ने हो भने नेपालको पुँजी बजारको विकासको लागि निम्न प्रयासहरू गरिनु उपयुक्त देखिन्छ ।

– देशभरका स्थानीय निकायमार्फत पुँजी बजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने क्रियाकलाप सञ्चालन गरिनु उपयुक्त हुन्छ ।

– अनलाइन माध्यमबाट हुने धितोपत्र कारोबारको दायरालाई दुर्गम भेगमा रहेका सर्वसाधारणसँग जोड्न सकेमा पुँजी बजारको दायरा देशभर पुग्न सक्ने तथ्यलाई मनन गर्दै गाउँगाउँमा सेयरसम्बन्धी ज्ञान प्रवाह गर्नुपर्छ । यसको लागि सामुदायिक विद्यालयका शिक्षकलाई वार्षिक रूपमा निश्चित रकम पारिश्रमिकस्वरूप प्रदान गरी उनीहरूमार्फत वित्तीय चेतना प्रवाह गर्न सकिन्छ र शिक्षकहरूलाई प्रदान गरिने पारिश्रमिक ब्रोकरबाट उपयुक्त शीर्षकमा निश्चित रकम असुल गरी सङ्कलन गर्न सकिन्छ ।

– ठूला होटलमा वित्तीय चेतनाको नाममा गरिने खर्चलाई हटाई दुर्गममा त्यस्तो साधन र स्रोत खर्च गरिनुपर्छ ।

– विभिन्न रेडियो, टेलिभिजनमार्फत पुँजी बजारसम्बन्धी ज्ञान प्रवाह गरिनुपर्छ ।

– बैंक तथा वित्तीय संस्था एवम् अन्य विभिन्न संघ/सङ्गठनलाई पुँजी बजारसम्बन्धी विषयवस्तुसमेत समावेश हुने गरी वित्तीय चेतना अभिवृद्धि हुने कार्यक्रमहरू सञ्चालन गर्न लगाउने र अनिवार्य रूपमा खुद मुनाफाको निश्चित प्रतिशत रकम खर्च गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ पालना गर्न लगाउनुपर्छ ।

– विभिन्न ब्रोकर कम्पनीलाई काठमाडौं उपत्यकाबाहिर एवम् प्रमुख सहरभन्दा भिन्न स्थानमा आफ्ना शाखा कार्यालय खोल्नुपर्ने गरी बोर्डले निर्देशन दिनु उपयुक्त हुन्छ । साथै यसरी उपत्यकाबाहिर शाखा कार्यालय स्थापना गरेवापत विभिन्न छुट तथा सहुलियत प्रदान गर्ने व्यवस्था गरिनुपर्छ ।

– नेपाल स्टक एक्सचेञ्जको एकाधिकार तोड्न अर्को छुट्टै कम्पनी स्थापना गर्न आवश्यक कानुनी तथा भौतिक पूर्वाधार निर्माण गरिदिनुपर्छ ।
यस प्रकार अन्य थुप्रै कानुनी एवम् संस्थागत सुधार गर्दै नेपालको पुँजी बजारलाई चलायमान र विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ ।

९. निष्कर्ष

पुँजी बजार अर्थतन्त्रको ऐना हो । समग्र अर्थतन्त्रको गति कुन दिशातर्फ उन्मुख छ भन्ने कुरा त्यस देशको पुँजी बजारको अवस्थालाई विश्लेषण गर्दा थाहा पाउन सकिन्छ । तर नेपालमा पुँजी बजारको विकास प्रारम्भिक चरणमै रहेको, केही संस्थालाई छाडेर वास्तविक क्षेत्रका कम्पनीले अझै पनि सेयर निष्कासन नगरेको, देशका सम्पूर्ण जनतामा पुँजी बजारसम्बन्धी जनचेतनाको अभाव जस्ता कारणले नेपालको पुँजी बजारलाई समय अर्थतन्त्रको ऐनाको रूपमा परिभाषित गर्न नसकिने स्थिति रहेको छ । यसकारण सर्वसाधारणमा वित्तीय चेतनाको स्तरमा सुधार ल्याउन विभिन्न तह एवम् निकायबाट आवश्यक सहयोग र समन्वय गर्दै विविध कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता छ । बढीभन्दा बढी सर्वसाधारणको सहभागिता भएको पुँजी बजारले मात्र साँच्चिकै अर्थतन्त्रको विकास र विस्तारमा योगदान गर्ने भएकोले वित्तीय साक्षरता अभिवृद्धि गर्नु नै आजको प्रमख आवश्यकता रहेको देखिन्छ ।

(नेपाल राष्ट्र बैंकका सहायक निर्देशक दाहालको यो लेख ‘नेपाल राष्ट्र बैंक समाचार’बाट साभार गरिएको हो ।)

One comment on "आईपीओबाट मात्रै १६ लाख फाइदा भएपछि…"

  • सेयर खेलाडी says:

    रु.१६ लाख कमाउनेलाई बधाई छ । के उहाँले, एक नेपालीको खल्तीको पैसा आफ्नो खल्तीमा लगेर कमाउनु भयो कि विदेशी व्यक्तिको खल्तीको पैसा आफ्नो खल्तीमा ल्याएर कमाउनु भयो ? मेरो खल्तीको पैसा उहाँको खल्तीमा गएर देश विकास हुन्छ र???
    यदि देश विकासको मोडेल नै पूँजी बजार हो भने, हामीले उद्यम, व्यापार, व्यवसाय, खेतीपाती किन गर्ने ??? भएको पैसा जति पूँजी बजारमा लगानी गरेर विना पसीना पैसा कमाए हुँदैन र ? के नेपाली युवाहरुले यही सिक्नु पर्ने हो ? दुरदराजमा बस्नेले पूँजी बजारमा पैसा लगानी गरेर पैसा कमाए भने उनीहरुको दुःखको दिन गए त? प्रधानमन्त्री रोजगार कार्यक्रमबाट किन रोजगार दिने ??? सेयर किन बेच गर्न सिकाए हुँदैन र ?
    नेपालीहरु साउदी, कतार, मलेसिया किन जाने ??? त्यहाँ जाने र दलाललाई तिर्ने खर्च यही पूँजीबजारमा लगाएर घरमै बसी बसी कमाउने त ???
    अनि हजुर पनि नेपाल राष्ट बैंकमा किन जागीर गर्ने ??? पूँजी बजारको खेलाडी बन्ने अनि नेपाली वारेन वफेट बने, हुँदैन र???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.