जोन डियर ट्रयाक्टर नेपाल भित्रिएको २० वर्ष पूरा

  २०७९ वैशाख १५ गते १२:००     विकासन्युज

काठमाडौं । नेपालमा जोन डियर ट्रयाक्टर भित्रिएको २० वर्ष पूरा भएको छ। एमभी दुगड ग्रुपले नेपालमा उक्त ट्रयाक्टर भित्र्याएको हो ।

एमभी दुगड ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स् प्रालिका १५० जनाभन्दा बढी कर्मचारीको उपस्थितिमा कम्पनीले चन्द्रागिरि हिल्स लिमिटेडमा विशेष समारोहको आयोजनासमेत गरेको छ ।

कार्यक्रममा जोन डियर इण्डिया प्रालिका सेल्स एण्ड मार्केटिङ निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर (इष्ट जोन) अनुज पौल, नेपालका लागि बिजनेस म्यानेजर कस्तव गयन आदिको उपस्थिति थियो ।

दुई दिनसम्म चलेको कार्यक्रममा ग्रुपका अध्यक्ष मोतीलाल दुगडले जोन डियरसँगको २० वर्षे सहयात्रा ऐतिहासिक र खुसीको भएको बताए ।

कम्पनीले लामो समयदेखि कार्यरत कर्मचारीलाई सम्मान गर्नुका साथै उत्कृष्ट कर्मचारीहरुलाई अवार्ड पनि वितरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.