पूर्वडीआइजी सुब्बा बने इन्फो डेभलपर्सको सीओओ

  २०७९ वैशाख १२ गते १९:११     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी तथा प्रहरीको सञ्चार निर्देशनालयको पूर्वप्रमुख डा. राजिव सुब्बा इन्फो डेभलपर्सको प्रमुख सञ्चालन अधिकृत (सीओओ)मा नियुक्त भएका छ ।

सूचना प्रविधि कम्पनी इन्फो डेभलपर्सको सञ्चालक समितिको निर्णय अनुसार प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा डा. राजिव सुब्बा नियुक्त भएका हुन् ।

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा लामो अनुभव भएका सुब्बाले अमेरिकाको हवाई विश्वविद्यालयबाट सञ्चार तथा सूचना विज्ञान विषयमा पीएचडी गरेका छ्न् । साथै उनीसँग सञ्चार, सूचना प्रविधि र व्यवस्थापनमा २५ वर्षभन्दा लामो अनुभव छ ।

नेपाल प्रहरीमा नयाँ-नयाँ सञ्चार तथा सूचना प्रविधि भित्र्याउनुका साथै नेपाल प्रहरी सञ्चारलाई डिजिटाइजेसन् गर्न उनको महत्त्वपूर्ण योगदान छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानबाट सम्मान पाएका सुब्बासँग राष्ट्रिय योजना आयोग, सयुक्त राष्ट्र संघ, संयुक्त राज्य अमेरिका, अन्तर्राष्ट्रिय व्यापार केन्द्र तथा क्यान महासंघ जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा पनि काम गरेको अनुभव छ ।

नव नियुक्त सीओओ सुब्बालाई इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले एक कार्यक्रमका बीच स्वागत गरे । २०५९ सालमा स्थापना भएको इन्फो डेभलपर्सले बैंकिङ तथा वित्तीय क्षेत्र लगायत नेपाल सरकार, अन्तर्राष्ट्रिय एजेन्सीहरुलाई प्राथमिकतामा राखेर आफ्ना सफ्टवेयर विकास गरेको छ । क

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.