नेपाल कमर्श क्याम्पसको आयोजनामा बिआइएम कप हुँदै, बैशाख १४ गतेदेखि शुरु

  २०७९ वैशाख १२ गते १२:३६     विकासन्युज

काठमाडौं । नेपाल कमर्श क्याम्पस (एनसीसी) को आयोजनामा ‘एनसीसी बिआइएम कप’ टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता यही बैशाख १४ गतेदेखि हुन लागेको हो ।

सैनिक अवसीय महाविद्यालय क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा ६ टोली सहभागी रहने छन् । र, सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ ।

साथै, नकआउटको आधारमा खेलाइने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि आयोजकले जनाएको छ । त्यस्तै, विगत एक दशकदेखि सञ्चालन हुँदै आएको यस प्रतियोगिता साविक विजेताले नयाँ संस्करणको आयोजना गर्नुपर्ने प्रावधान छ ।

सोहि प्रावधानअनुसार एनसीसीले यसपटक प्रतियोगिता आयोजना गर्न लागेको नेपाल कमर्श क्याम्पसका प्रमुख प्रोफेसर ध्रुवप्रसाद सिलवालले बताए । साथै, उनले यसअघिका संस्करणहरू जस्तै यसपटक पनि त्रिभुवन विश्वविद्यालयले प्रतियोगितालाई साथ दिने विश्वास समेत व्यक्त गरेका छन् ।

सेन्ट जेभियरर्सलाई हराउँदै एनसीसीले जित्यो ‘टीयू बीआईएम क्रिकेट टुर्नामेन्ट-२०१९’

आयोजकका अनुसार प्रतियोगिताका विजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । विधामा उत्कृष्ट र प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’लाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यसका साथै, आयोजकले बैशाख १२ गते अपरान्ह ५ बजे पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिताको बारेमा थप जानकारी गराउँदै छ ।युवाहरूलाई खेलकुद प्रतियोगिताको लागि प्रोत्साहन गर्न नै आयोजकले लाजिम्पाटमा रहेको नोर्चोक बुटिक होटलमा सम्मेलन गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.