२०७९ वैशाख ११ गते १८:०५ विकासन्युज
काठमाडौं । नेपाल सेरामिक इन्डस्ट्रिज प्राइभेट लिमिटेडद्वारा नेपोभिट टाईल्स यही वैशा ९ गतेदेखि नेपालमा लञ्च गरिएको छ ।
विदेशी टाईल्सको आयात निकै बढेपछि आफ्नै देशमा उत्पादन सुरु भएको नेपोभिट टाईल्सले आफ्ना उत्पादन बजारमा पठाउन थालेको हो ।
उद्घाटन समारोहमा महानायक राजेश हमालले आफु नेपोभिट टाईल्सको सदभावना दूत भएको सार्वजनिक गर्दै नेपोभिट टाईल्सको गुणस्तर, बजारमा प्रभावबारेचर्चा गरे।
नेपोभिट टाईल्स विश्व प्रतिष्ठित इटालियन टेक्नोलोजीको साथ उत्कृष्ट कच्चा पदार्थ प्रयोग गरेर बनेका छन् ।
समारोहको उद्घाटन गर्ने क्रममा नेपोभिट टाईल्सको अध्यक्ष शम्भुनाथ शाहले नेपालमै टाईल्स उत्पादन गरेर देशभित्रको माग पूरा गर्दै विदेशी टाईल्सको आयात घटाउनु साथै नेपाली उत्पादनलाई विदेशतिर निर्यात गर्दै वैदेशिक मुद्रा देशमा भित्राउने हाम्रो सोच रहेको बताए ।
नेपाल सेरामिक इन्डस्ट्रिजले नेपालको पहिलो र एक मात्र टाईल्स उत्पादन गर्ने ब्राण्ड भएको जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.