सर्वोत्तम स्टीलद्वारा प्राविधिक कार्यक्रम सम्पन्न

  २०७९ वैशाख ९ गते १७:३८     विकासन्युज

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम स्टीलले इन्जिनियर तथा ठेकेदारहरूलाई लक्षित गर्दै प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ ।

जगदम्बा सिमेन्टसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा इन्जिनियर तथा ठेकेदारहरुलाई गुणस्तरीय घरनिर्माणसम्बन्धी जानकारी तथा प्राविधिक ज्ञान प्रदान गरिएको थियो ।

कार्यक्रममा सर्वोत्तम स्टीलको तर्पmबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले इन्जिनियर तथा ठेकेदारहरुलाई सर्वोत्तम स्टीलको गुणस्तरीयता तथा प्राविधिक विवरणबारे जानकारी प्रदान गराएका थिए । त्यसैगरी जगदम्बा सिमेन्टको तर्फबाट कम्पनीका डिजिएम. चिरञ्जीवी घिमिरेले जगदम्बा सिमेन्टको बारेमा जानकारी प्रदान गराएका थिए ।

सो कार्यक्रम विर्तामोड, इटहरी र लहान गरी ३ स्थानहरुमा आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.