अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै इम्पेरियल वर्ल्ड स्कुल

  २०७९ वैशाख ७ गते १७:४६     विकासन्युज

काठमाडौं । शान्त र सुरक्षित वातावरणमा इम्पेरियल वर्ल्ड स्कूलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै स्तरको पठनपाठन सुरु गरेको छ ।

बुढानिलकण्ठ हात्तीगौँडामा रहेको इम्पेरियल वर्ल्ड स्कुलमा अत्याधुनिक प्रविधिको प्रयोग गरी कक्षा १ देखि कक्षा १० सम्म पढाइ हुँदै आएको छ । विश्वव्यापी रुपमा प्रतिनिधित्व गर्न सक्ने नागरिक उत्पादन गर्ने उद्देश्य लिएको इम्पेरियल वर्ल्ड स्कुलले पाठ्यक्रममा मात्र आधारित पठनपाठनको पुरानो शैलीलाई परिष्कृत गर्दै सिकाइका नवीन माध्यमको प्रयोग गरी अध्यापन गराइरहेको विद्यालयकी सञ्चालक जुनिता शाही कार्कीले जानकारी दिइन् ।

इम्पेरियल वर्ल्ड स्कुलले विभिन्न अन्तराष्ट्रिय शैक्षिक संस्थासँग समन्वय गरी नेपालमै अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको बताएको छ ।

‘स्कुलले नेपाल सरकारको पाठ्यक्रमलाई तालमेल गर्ने गरी अन्तर्राष्ट्रिय शिक्षण प्रणाली अवलम्बन गरेको छ । ‘इन्टरनेसनल प्राइमरी करिकुलम र इन्टरनेश्नल मिडल इयर्स करिकुलम गरी दुईवटा पाठ्यक्रम उपलब्ध गराउँछ ।’, विद्यलयकी सञ्चालक कार्कीले भनिन् .

उनका अनुसार, इम्पेरिकल वर्ल्ड स्कुलले नै आईपीसीलाई पहिलोपटक नेपालमा भित्र्याएको हो । विद्यालयले ५ देखि १२ वर्षका बालबच्चाहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन आइपीसीसँग तथा ११ देखि १४ वर्ष सम्मका बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि आइएमवाइसीसँग समन्वय गरी अध्यापन गराइरहेको छ ।

स्कुलले शैक्षिक पाठ्यक्रम मात्र नभई भौतिक पूर्वाधारलाई समेत उत्तिकै महत्व दिएको संचालक कार्कीले बताइन् ।
साथै, स्कुलले सम्झिने र बुझ्ने, आइडिया तथा कन्सेप्ट सृजना गर्ने मात्र नभई विश्लेषण तथा मूल्यांकन गर्नसक्ने क्षमता विकासमा जोड दिने गरेको कार्कीको भनाइ छ ।

आधुनिक प्रविधिले सम्पन्न यस स्कुलमा कम्प्युटर ल्याब, साइन्स ल्याव, म्याथ ल्याबको राम्रो व्यवस्था छ । यस स्कुलमा १० हजारभन्दा धेरै पुस्तक रहेको पुस्तकालय, पोषणविदद्धारा प्रमाणिकरण गरिएका खाजा खानाको व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।

विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउन फुटसल, स्वीमिङ पुल, टेबुल टेनिस लगायतका खेल पूर्वाधारहरु तयार गरिएको भने नृत्य तथा संगीतलाई पनि विशेष महत्त्वका साथ सिकाइने गरिएको विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.