क्रिस्टियानो रोनाल्डोलाई पुत्रशोक

  २०७९ वैशाख ६ गते १४:४०     विकासन्युज

कामठमाडौं । पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको नवजात शिशुको निधन भएको छ ।

उनका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको भने एक जना सकुशल छन् । रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् ।

३७ वर्षीय रोनाल्डो र २८ वर्षीया उनकी पत्नी गर्जिना रोड्रिगेजले लेखेका छन्, ‘हाम्रो छोरा, तिमी देवदूत हौ । हामी सधैँ माया गरिरहने छौं ।’

रोनाल्डो आवद्ध फुटबल क्लब म्यान्चेस्टर युनाइटेडसहित विभिन्न फुटबल क्लबहरूले उनीहरूप्रति समवेदना प्रकट गरेका छन् । रोनाल्डो र रोड्रिगेजसँग यसअघि नै तीन सन्तान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.