हुन्डाई आयोनिक-५ ले जित्यो कार अफ द ईयर २०२२ को उपाधि

  २०७९ वैशाख ५ गते १८:०१     विकासन्युज

काठमाडौं । हुन्डाईको आयोनिक-५ विश्व कार अफ द ईयर २०२२ विजेता भएको छ । वर्ल्ड कार अवार्डका आयोजकले बुधबार न्युयोर्क इन्टरनेशनल अटो शोमा हुन्डाईको आयोनिक-५ लाई ‘वर्ल्ड कार अफ द इयर-२०२२’ को उपाधि घोषणा गरेको हो।

साथै वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर र वर्ल्ड कार डिजाइन अफ द इयर पनि हुन्डाईले नै जितेको छ ।

सन् २०२२ को वर्ल्ड कार अवार्डको फाइनलमा फोर्ड मस्टाङ मार्च-ई, हुन्डाई आयोनिक-५ र किया इभी-६ परेका थिए ।

जसमा विश्व शहरी कार अफ द ईयर २०२२ टोयोटा यारिस क्रस, विश्व लक्जरी कार अफ द ईयर २०२२ मर्सिडीज बेन्ज ईक्युएस र विश्व प्रदर्शन कार अफ द ईयर २०२२ अउडि ई-ट्रोन जिटि रहेका छन्।

इलेक्ट्रिक कारहरूको लागि छुट्टै श्रेणी रहे पनि कार अफ द इयरमा तीनवटै फाइनलिस्टमा इलेक्ट्रि कार पुगेर इतिहास रचेको थियो ।

३३ देशका १०२ अटोमोटिभ पत्रकारहरूको निर्णायक मण्डलद्वारा छनोट गरिने डब्लुसीए अवार्डमा तीनवटै इलेक्ट्रिक कार पर्नु निकै राम्रो कुरा रहेको विश्लेषण हुन थालेको छ ।

दिगो गतिशीलताको बारेमा बढ्दै गएको कुराकानी र चेतना अभिवृद्धिमा यो ऐतिहासिक रेकर्डले सघाउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.