नेपालमा एक करोड ६६ हजार जनाले लगाए पूर्ण खोप

  २०७९ वैशाख ४ गते १३:२५     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । नेपालमा हालसम्म एक करोड ८७ लाख २२ हजार ९०६ जनाले पहिलो मात्रा खोव लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लक्षित समूहमा एक करोड ९९ लाख २२ हजार १६४ वयस्क रहेकामध्ये करिब ९४ प्रतिशतले पहिलो मात्रा खोप लगाएका हुन् । साथै एक करोड ६५ लाख ६३ हजार ३७० जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

त्यस्तै, लक्षित वर्गभित्र रहेका ३४ लाख २५ हजार ४०८ जना बालबालिका मध्ये ९२ प्रतिशत अर्थात् ३१ लाख ४५ हजार ४५१ जनाले खोपको एक मात्रा लगाएका छन् भने २५ लाख ८४ हजार ३२६ जनाले खोपको पूर्ण मात्रा लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस बाहेक २३ लाख ७४ हजार ११ डोज अतिरिक्त खोप प्रयोगमा आएको र देशभर हालसम्म उपलब्ध ५ करोड ३३ लाख ८१ हजार ५७० डोज खोपमध्ये ४ करोड ५ लाख ८५ हजार ५५७ डोख खोप प्रयोग गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा: समिरकुमार अधिकारीले जानकारी दिए ।

सहप्रवक्ता अधिकारीले विभिन्न सञ्चारमाध्यमहरूमा कोरोनाविरुद्धको खोप प्रयोग नगरेर खेर फालेको भन्ने समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताएका छन् । हालसम्म सरकारले कोरोनाविरुद्धका खोपहरू खेर नफालेको उनले दाबी गरे ।

‘अहिलेसम्म खोप खेर गएको छैन, एउटा भाँडोमा १० जना वा ६ जनालाई पुग्ने गरेर खोप आउँछ, अब त्यो खोप ६ घण्टाभित्रमा नलगाए नष्ट गर्नुपर्ने हुन्छ । तर खोप लगाउने मानिसहरु नहुँदा १/२ वटा खोप प्रयोग भए पनि प्याकमा बाँकी खोप खेर जानसक्ने सम्भावना हुन्छ।’ उनले भने ।

सहप्रवक्ता अधिकारीका अनुसार यसलाई खेल फालिएको भन्न मिल्दैन । निस्चित समयभित्र लगाउन मान्छे नपाइँदा यसको समयावधि सकिएर खेल फाल्नुपर्ने बाध्यतालाई सञ्चारमाध्यमले खोर खेल फालेको भन्दै समाचारमा छापिएको भन्दै दु:खेसो पोखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.