नयाँ वर्षमा मिर्गौला पीडितलाई आर्थिक सहयोग

  २०७९ वैशाख २ गते १३:०४     विकासन्युज

काडमाडौं । नयाँ वर्ष २०७९ को उपलक्ष्यमा लायन्स क्लव अफ काठमाडौं चन्द्रागिरिले पीडितहरूलाई सहयोग गरेको छ ।

क्लवले सिन्धुपाल्चोक घर भई काठमाडौंमा उपचार गर्दै आएकी दुईवटै मिर्गौला खराब भएर थलिएकी रिता आचार्यलाई २५ हजार र जनजाति कल्याण आश्रम मुलपानीलाई १८ हजार गरी ४३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । आर्थिक अभावका कारण किड्नी ट्रान्सप्लाण्ट गर्न समस्या परेको पीडित आचार्य र आश्रममा आश्रित बालबालिकाहरूको लागि नयाँ वर्षको अवसरमा केही सहयोग गरी वर्ष भरिनै सहयोग गर्ने उद्घोष गरेको छ।

लायन्स क्लव अफ काठमाडौं चन्द्रागिरि सक्रिय रुपमा सामाजिक कार्यमा अगाडि बढेको लायन्स क्लब हो। क्लबकी अध्यक्ष दुर्गा बिसुराललगायत पदाधिकारीहरूको उपस्थितिमा मिर्गौला पीडित आचार्य र आश्रमलाई नगद हस्तान्तरण गरिएको थियो।

क्लवकी अध्यक्ष दुर्गा बिसुरालले सामाजिक कार्यमा सधैं नै पीडितको पीडामा मलम लगाउन तथा सेवामा क्लव सधैं लागिरहने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.