रिटेलर्स एण्ड मेकानिक्स मिट सम्पन्न

  २०७८ चैत ३० गते २०:१८     विकासन्युज

काठमाडौं । टोटल इनर्जिज (लुब्रिकेन्ट) को आधिकारिक विक्रेता लक्ष्मी ल्युव आयल प्रालिको आयोजनामा ‘रिटेलर्स एण्ड मेकानिक्स मिट’ सम्पन्न भएको छ ।

लक्ष्मी ल्युवले आफ्नो व्यवसायको रुपमा मोटरसाइकल, पेसेन्जर कार, बस, ट्रक, टिपर, ट्राक्टर, ग्रीज र ईन्डष्ट्रियल गरि ६ वटा सेग्मेन्ट अन्तर्गत ७३ वटा प्याक साईज उपलब्ध छन् । सम्पन्न आयोजनामा २०० भन्दा बढी रिटेलर्स र मेकानिक्ससँग अन्तक्रियाको कार्यक्रम रहेको थियो ।

महाराजगंजदेखि कलंकी एरियाका लागि टोटल इनर्जीका विक्रेता सुनकोशी ईन्टरप्राइजेज प्रालि र लक्ष्मी ल्युव आयल प्रालि को सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा टोटल इनर्जीद्वारा उत्पादित विभिन्न सेग्मेन्ट र साइजमा उत्पादित टोटल लुब्रिकेन्टहरूको बारेमा जानकारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.