टिप्स : मान्छेले कति पटकसम्म नुहाउने ?

  २०७८ चैत ३० गते १६:४५     विकासन्युज

काठमाडौं । दैनिक नुहाउनु एउटा स्वस्थ बानी हो । त्यसैले दिनमा एकपटकभन्दा बढि नुहाउनु राम्रो कुरा हो जस्तो लाग्छ । आखिर, नुहाउनेले शरीर सफा गर्छ र सफा हुन राम्रो हो नि, हैन ?

मानिसहरु आफूलाई सफा र दुर्घन्धरहित राख्न धेरै नुहाउने गर्छन । तर धेरै नुहाउनु छालाको लागि नराम्रो हुन सक्छ । धेरै नुहाउँदा छालाको प्राकृतिक सुरक्षात्मक तह बिग्रन सक्छ ।

त्यसोभए कतिपटक नुहाउनुपर्छ ?

सामान्य छालामा तेल र राम्रो ब्याक्टेरिया एउटा सुरक्षात्मक तह हुन्छ, जसले छालालाई सुख्खापन र किटाणुबाट बचाउँछ । तर, छालालाई निकै पटक सफा र धेरै स्क्रब गर्दा छालाको सुरक्षात्मक तह फ्यालिन्छ, जसले छालामा सुख्खापन निम्ताउनुको साथै छाला चिलाउने गर्दछ ।

यसमा थप कुरा गर्नुपर्दा हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई सकृया रहन किटाणुको सहयोग चाहिन्छ जसमा छाला पनि पर्दछ । र, धेरै पटक सरसफाई वा स्क्रब गरे हाम्रो शरीरले किटाणुबाट बचाउने एन्टिबडीहरु उत्पादन गर्न सक्दैन ।

यस्तै एन्टिब्याक्टेरियल साबुनले पनि छालामा थप संक्रामक किटाणुहरूविरुद्धको प्राकृतिक ब्याक्टेरियालाई मारेर यसलाई छालाको समस्यालाई थप्न सक्छ जुन उपचार गर्न गाह्रो हुन्छ । शरीरको विकास हुँदै गर्दा यसल बच्चाहरूमा अझ ठूलो प्रभाव पार्ने सक्छ । त्यसैले केही बालरोग विशेषज्ञहरू र छालाका डाक्टरहरूले हरेक दिन बच्चाहरूलाई नुहाउन नदिन सुझाव दिन्छन् ।

कम नुहाउँदा के हुन्छ ?

जसरी धेरै नहुाउँदाका केही नकरात्मक पक्षहरु छन्त्य, स्तै कम नुहाउँदा पनि बेफाइदाहरु छन् । सर्वप्रथम कम नुहाउँदा शरीर गन्हाउने गर्छ र यसले मानिसहरुसँगको सामिप्यता कम गर्दछ । यो त भयो सामाजिक कुरा ।

यसबाहेक कम नहाउँदा शरीर र छालामा केही समस्याहरु देखिन सक्छन् । छालामा धेरै तेलहरु हुँदा यसले ब्याक्टेरियाको संख्या बढाउँदछ जसले छालामा एक्ने जस्ता गाढा दागहरु देखिन थाल्दछन् ।

यस्तै फोहोर र मरेको छालाले छालाको स्वास्प्रश्वास गर्ने भाग बन्द गर्दछ । कम नुहाउँदा पिम्पलहरु आउने, छालामा डेन्ड्रफ आउने गर्दछ ।

हप्तामा कति पटक नुहाउने ?

यसको लागि सबैलाई मिल्न सक्ने उत्तर छैन । डाक्टरहरु धेरै मानिसको लागि दैनिक नुहाउनु राम्रो हुने बताउँछन् । त्यो भन्दा बढीले भने छालाको समस्याहरु निम्ताउन सक्ने उनीहरु बताउँछन् ।

तर, केही मानिसको लागि हप्तामा दुईदेखि तीनपटकसम्म नुहाउनु स्वास्थ्यको लागि राम्रो हुने डाक्टरहरु बताउँछन् । यो उसको जिवनशैलीसँग सम्बन्धित छ । दिनभर घाममा काम गर्ने, बाइक चलाउनेको दाँजोहरुमा भित्र शितल ठाउँमा बस्नेहरुले कम नुहाए पुग्छ ।

यहाँ अरु कारणहरु पनि छन् । जस्तै यदि छालामा केही एलर्जी छ वा निकै चिल्लो छ भने धेरै नुहाउनु राम्रो हुनेछ । यस्तै केही फरक किसिमको छाला भएकाहरुले भने कम नुहाएकै राम्रो हुनेछ

यस्तै तराईमा बस्ने व्यक्तिले हिमालमा बस्ने व्यक्तिको दाँजोमा बढी नुहाउनुपर्ने हुन्छ । तराईमा अत्याधिका गर्मीका कारण शरीरमा पसिनाहरु आइरहने हुनाले शरीर दुर्गन्धित हुन्छ जसकारण दिनहुँ नुहाउँदा पनि फरक पर्दैन ।

यो नहुाउनुमा कति समय बिताइन्छ भन्ने कुराले नि फरक पार्छ ।

कति लामो समय नुहाउने ?

सबैको नुहाउने समय एउटै हुँदैन । ५ मिनेट नुहाएको र घण्टौंसम्म नुहाउनुमा फरक पर्दछ । हामीले जति लामो समय पानीमा नुहाउँदा बिताउँछौं त्यति नै कपाल र छाला बिग्रन सक्छ ।

यदि नुहाइरहनुपर्ने मानिस हो भने ३ देखि ५ मिनेटमा अनुहार, हात र काखीहरु धुने गर्दा हुन्छ । धुलो मैलोले शरीर नढाकेसम्म सबै शरीर नुहाइराख्नु पर्दैन ।

यस्तै धेरै मानिसलाई दैनिक कपाल स्याम्पुले धोइराख्न पनि जरुरी छैन । सामान्यता हप्तामा २ देखि ३ पटक कपाल स्याम्पुले धुए पुग्छ । यदि कपालमा तेल आइरहन्छ भने चाहिँ दैनिक नुहाउनु पर्ने हुनसक्छ ।

यस्तै पानीको तापक्रमले पनि फरक छालामा फरक पार्दछ । बाहिर चिसो हुँदा तातो पानी राम्रो लाग्न सक्छ तर यसले छालालाई थप सुख्खा र चिलाउने बनाउँदछ ।

सुगन्धले पनि छालाको नरमपन बिगार्ने सक्छ त्यसैल नरमा खालका मोस्टराइजर र साबुनको प्रयोग गर्नुहोस् । यस्तै छालामा तौलिया प्रयोग गर्दा हतार हतार पुछ्नुभन्दा बिस्तारै नरम तरिकाले पुछ्नुपर्छ ।

( रेडियन्स बाइ वेबएमडीबाट अनुवाद )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.