डेढ दशकभन्दा बढी बैंकिङ अनुभव भएको मनोज बने सेञ्चुरी बैंकको सीईओ

  २०७८ चैत ३० गते ११:००     विकासन्युज

काठमाडौं । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज न्यौपाने नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई  वैशाख २ गतेदेखि कार्यभार सम्हाल्ने गरी चार वर्षको लागि  सीईओमा नियुक्त गरेको हो ।

यसअघि उनी गत साउन १ गतेदेखि कायममुकायम सीइओका रुपमा कार्यरत थिए । बैंकबाट तुलसीराम गौतम बाहिरिएपछि न्यौपानेले कामू सीईओको जिम्मेवारी पाएका थिए ।

न्यौपानेले लक्ष्मी बैंक लिमिटेडबाट बैंकिङ सेवा प्रारम्भ गरेका हुन् । हिमालयन बैंक लिमिटेड र सनराईज बैंक लिमिटेडमा काम गरिसकेका उनीसँग करिब १७ वर्षको बैंकिङ कार्यानुभव छ । उनले सनराइज बैंकमा कर्पोरेट बैंकिङ हेड भएर पनि काम गरिसकेका छन् ।

न्यौपानले काठमाडौं विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् ।  उनको लगनशीलता, बजार पहुँच, बैंकिङ तथा वित्त बजारसम्बन्धी ज्ञान तथा प्रभावकारी नेतृत्वमा बैंक आगामी दिनमा थप सफलताका साथ अगाडि बढ्ने बैंक सञ्चालक समितिको विश्वास छ ।

सम्बन्धित सामग्री: बैंकहरुको बागडोर नयाँ पुस्ताले सम्हाल्दै, डेपुटीबाट धमाधम सीईओ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.