नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा अवस्थी नियुक्त

  २०७८ चैत २८ गते ८:३०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त भएका छन् । महासंघको नवौं कार्यकारिणी बैठकले उनलाई महानिर्देश्कमानियुक्त गरेको हो ।

यसअघि महासंघको उप–महानिर्देशक रहेका उनी महासंघको महानिर्देशकमा नियुक्त भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरमा व्यवस्थापन गरेका अवस्थीले इण्डियन इन्सिच्युट अफ मास कम्युनिकेसनबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन् ।

लामो समय आर्थिक पत्रकारितामा कलम चालएका अवस्थीले यस अघि संयुक्त राष्ट्र संघ दिगो विकास लक्ष्यको सल्लाहकार भएर काम गरिसकेका छन् ।

उनी नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष समेत हुन् । अवस्थी अन्तर्राष्ट्रिय व्यापार, वित्त तथा निजी क्षेत्रका बारेमा जानकार पनि मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.