विद्युत् निर्यातको अनुमति निजी क्षेत्रलाई दिन इपानको माग

  २०७८ चैत २१ गते १९:२८     विकासन्युज

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो सम्पन्न भएको छ ।

एक्स्पोको समापन सत्रमा आयोजकमध्येको एक स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले स्वदेशमा उत्पादित विद्युतको बिक्री वितरण तथा निर्यातको काम निजी क्षेत्रलाई दिन माग गरेको छ ।

इपान अध्यक्ष कृष्णप्रसाद आचार्यले उर्जामन्त्री पम्फा भुसाललाई विद्युत् खरिद बिक्री सम्झौता नरोक्न आग्रह गरे । विद्युत् खरिद बिक्रीको काम सरकार तथा विद्युत् प्राधिकरणले गर्न नसक्ने भए निजी क्षेत्रलाई नै खरिद बिक्रीको काम गर्ने बाटो खुलाइदिन उनले आग्रह गरेका हुन् ।

‘हामीले विद्युतं व्यापार गर्ने इजाजत पाएको खण्डमा हामी आफैं पिपिए गर्छौ । यसो भएको खण्डमा विद्युत् प्राधिकरणको आधाभन्दा धेरै समस्या समाधान हुन्छ,’ आचार्यले भने ।

साथै उहाँले जलविद्युत‍्का प्रवर्द्धक तथा उत्पादकहरूले काम गर्दा धेरै निकाय धाउनुपर्ने समस्या रहेकोतर्फ उर्जामन्त्री भुषालको ध्यानाकर्षण गराए । सरकारले भनेका हरेक कुराहरू मान्न उर्जा व्यवसायीहरू तयार रहेको बताउँदै आचार्यले प्रतिफलको सुनिश्चिततामा जोड दिए ।

इपान र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा सम्पन्न एक्स्पोमा विशेष गरी जलविद्युत‍्सँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनहरु प्रदर्शनीमा राखिएका थिए । जलविद्युत‍्सँग सरोकार राख्ने तथा दैनिक प्रयोगका विद्यतीय सामग्री खरिद गर्नेहरूको एक्स्पोमा उत्साहजन सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.