नेपालले जित्यो त्रिकोणात्मक क्रिकेटको उपाधि

  २०७८ चैत २१ गते १५:५५     विकासन्युज

काठमाडौं । त्रिकोणात्मक टि-२० आई सिरिजको उपाधि नेपालले जितेको छ । नेपालले फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै अपराजित रहँदै त्रिकोणात्मक टि-२० आई सिरिजको च्याम्पियन बनेको हो ।

नेपालले प्रस्तुत गरेको १६९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.२ ओभरमा ११८ रनमा अल आउट भयो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए । करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३८ बलमा ५ चौकासहित सर्वाधिक ५४ रनमा अविजित रहे ।

नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । लिगमा नेपालले पीएनजीलाई १५ रन र ३७ रनले हराएको थियो । मलेसियालाई ६ विकेट र ८५ रनले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.