प्राइम लाइफमा निर्मल दाहालको प्रवेश, असारपछि सीईओ बन्दै

  २०७८ चैत २१ गते १५:१४     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा निर्मल दाहाल नियुक्त भएका छन् । चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कम्पनीको सिनियर डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

दाहाल यसअघि यूकेएडले सपोर्ट गरेको गैर सरकारी संस्था सक्षममा कार्यरत थिए । जहाँ उनी ‘सक्षम एक्सेस टु फाइनान्स’ नामक प्रोग्रामको टीम लिडर थिए ।

सक्षममा सात वर्ष काम गरेका दाहालले दुई दिन अघि मात्र सक्षम छोडेको जनाएका थिए । सक्षममा जोडिनुपूर्व उनी लक्ष्मी बैंकमा कार्यरत थिए । शंकरदेव क्यापसबाट एमबीए गरेका दाहालले हिमालयन बैंकबाट बैकिङ करिअर शुरु गरेका थिए ।

प्राइम लाइफ इन्स्योरेन्सले दाहाललाई तीन महिनापछि सीईओ बनाउने गरी सिनियर डेपुटी सीइओमा नियुक्त गरिएको एक सञ्चालकले विकासन्युजलाई जानकारी दिए ।

उक्त कम्पनीका वर्तमान सीईओ मनोज कुमार भट्टराईको कार्यकाल आगामी असारमा सकिदैछ । भट्टराई २०७४ असारदेखि कम्पनीको सीईओ पदमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.