१ अर्ब ३९ करोड लगानीमा सञ्चालनमा आयो वेयरहाउस कम्पनी

  २०७८ चैत २१ गते ११:१७     विकासन्युज

काठमाडौं । नेपालकै पहिलो वेयर हाउस कम्पनीका रुपमा सुनसुरी जिल्लामा निर्माणधिन वेयरहाउस सञ्चालनमा आएको छ । नेपाल वेयरहाउस कम्पनीले सुनसरी जिल्लामा पहिलो वेयर हाउस कम्पनीका रुपमा सञ्चालनमा ल्याएको हो ।

सुनसरीको गाढी गाउापालिका वडा नम्बर २ औरवानीमा कम्पनीले निर्माण गरेको वेयरहाउस आईतबादेखि व्यवसायिक रुपमा सञ्चालनमा ल्याईएको नेपाल वयरहाउस कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जयमुकुन्द खनालले जानकारी दिए ।

उनका अनुसार १५ हजार मेट्रिक टन क्षमता रहेको सो वेयरहाउसमा तत्कालका लागि गहुँ, मकै र भटमास भण्डारण गरिनेछ ।

कम्पनी ऐन, २०६३ वमोजिम २०७५ सालमा संस्थापित नेपाल वेयर हाउजिड्ग कम्पनी लिमिटेड सञ्चालनमा ल्याईएको कम्पनीले जनाएको छ ।
खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु कम्पनी स्थापनाको मुख्य उद्देश्य रहेको जनाईएको छ ।

कृषकको आवश्यकता वमोजिमको सुरक्षित तथा बैज्ञानिक तबरको भण्डारण गृह हालसम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा वजारमा विक्री गर्नुपर्ने वाध्यता कृषकसँग रहेको कम्पनीले जनाएको छ ।

सस्तो मूल्यमा बिक्री गरिने सोही खाद्यान्न केही समयपछि महँगो मूल्यमा सोही कृषले खरिद गर्नुपर्ने बाध्यताको अन्त्य गर्न वेयरहाउस सञ्चालनमा ल्याईएको कम्पनीका सीईओ खनाल बताउँछन् ।

कम्पनीले साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधन, औधोगिक प्रतिष्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएकोछ ।

कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा निर्माण हुने भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनवेच हुने वातावरण र पध्दत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेकोछ।साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को वालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको छ।

कम्पनीले संचालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत १३९ करोड रुपैयाँ रहेकोमा सो लगानी मध्ये ९४ करोड रुपैयाँ ऋण र बाँकी स्वपूँजी परिचालन हुने जनाइएको छ ।

ऋणको व्यवस्थापन एभरेस्ट बैंक को अगुवाइमा नेपाल एसविआइ बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौँ, कृषि विकास बैंकको सहवीत्तीयकरणमा गरिएको छ । कम्पनीमा निम्बस समूह, शिखर ईन्स्योरेन्स, प्रोबियोटक ईन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमवि बैंक, टिम भेन्चर्स, टिएनआई इन्भेस्टले लगानी गरेका छन् ।

पछिल्लो चरणमा नेपाल इन्फ्राष्ट्रक्चर वैंक लि, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्ट समेतले पूँजी लगानी रहेको कम्पनीले जनाएको छ ।

लगानीकर्ताहरुबाट कूल चालु पूँजी ६८ करोड ७५ करोडको ८० प्रतिशतले हुन आउने ५५ करोड रुपैयाँ सेयर लगानी भइसकेकोछ । साथै, आगामी आर्थिक वर्ष २०७९÷८० मा सार्वजनिक निष्काशनबाट कूल जारी पूँजीको २० प्रतिशत बराबरको रकम १३ करोड ७५ लाख रहेको छ ।
सुनसुरीमा वेयरहाउस सञ्चालनमा ल्याएको कम्पनीले पर्सा र कपिलवस्तुमा समेत वेयरहाउस निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.