नेपालले मलेसियालाई दियो २२४ रनको लक्ष्य, दिपेन्द्र ऐरीको शतक प्रहार

  २०७८ चैत १९ गते १४:१७     विकासन्युज

काठमाडाैं । नेपालले मलेसियलाई २२४ रनको लक्ष्य दिएको छ ।  त्रिकोणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भइरहेको खेलमा नेपालले मलेसियालाई २२४ रनको लक्ष्य दिएको हाे ।

दीपेन्द्र सिंह ऐरीकाे ११० रनकाे मद्दतमा कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर २२३ रन बनाएको हो ।

दीपेन्द्र ओडीआई र टी-२० आईमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बने । दीपेन्द्रले ५७ बल खेल्दै १० चौका र ६ छक्का मद्दतमा अविजित ११० रन बनाए । यस्तै, रोहित पौडेलले पहिल टी२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरे । रोहितले ३४ बल खेल्दै ५ चौका मद्दतमा ५१ रन बनाए ।

ओपनर आसिफ शेखले १८ र कुशल भुर्तेलले १२ रन बनाए । आरिफ शेख २ रन बनाएर आउट भए ।

आदिल अन्सारीले १४ रन जोडे । अन्तिम बलमा आदिल रनआउन हुनुअघि दीपेन्द्रसँग ५९ रनको साझेदारी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.