निजी क्षेत्रले भन्यो – उद्योगमा विद्युत् दिन नसक्ने भए लोडसेडिङको तालिका चाहियो

  २०७८ चैत १८ गते १२:२२     विकासन्युज

काठमाडौं । निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठनले उद्योगहरुमा विद्युत् कटौती नगर्न नेपाल विद्युत् प्राधिकरणसँग आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै उद्योगमा नियमित रुपमा विद्युत आपूर्तिको व्यवस्था मिलाउन प्राधिकरणसँग आग्रह गरेका हुन् ।

उद्योगमा विद्युतको नियमित आपूर्ति सुरु भएसँगै उत्साहित भएका उद्योगीहरू पछिल्लो समयको अनियमित विद्युत आपूर्तिबाट चिन्तित हुन थालेको भन्दै नियमित विद्युत आपूर्तिको व्यवस्था मिलाउन व्यवसायीहरुले आग्रह गरेका हुन् ।

व्यवसायीहरुले नियमित रुपमा भारतीय बजारबाट विद्युत खरिद गरी उद्योगलाई निर्वाध उपलब्ध गराउन र त्यो सम्भव नभएर उद्योगहरुमा विद्युत कटौती हुने तालिका सार्वजनिक गर्न आग्रह गरेका छन् ।

निजी क्षेत्रका ऊर्जा उत्पादकहरूस“ग थप ऊर्जा उत्पादन गर्न सक्ने क्षमता भएको भन्दै प्राधिकरणले तत्काल छलफल गरी समाधानको उपाय निकाल्नुु पर्ने, आयातित विद्युतको गुणस्तरमा ध्यान दिनुुपर्नेतर्फ पहल गर्न तीनै संस्थाले प्राधिकरणको ध्यानाकर्षण गराएका हुन् ।

विद्युत् आपूर्ति अनियमित हुँदा बुटवल-भैरहवा, बारा-पर्सा, सुनसरी-मोरङ लगायतका औद्योगिक करिडोरका उद्योगहरू सञ्चालन गर्न नसक्ने समस्या सिर्जना भएको निजी क्षेत्रको भनाई छ ।

‘विद्युतमा देखिएको ट्रिपिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिका अनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपरझट विद्युत आपूर्ति बन्द हु“दा करोडौं पर्ने मेसिनहरूमा क्षति पुुग्ने, उद्योग सञ्चालन नहु“दा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हु“दा सामान डेलिभरी, बैंकको चर्को व्याज र सा“वा भुक्तानीमा समस्या पर्न गएकोतर्फ नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं, जुनसुकै मूल्यमा पनि विद्युत खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनि नेपाल विद्युत प्राधिकरणले गरेको प्रतिवद्धताको पनि स्मरण गराउन चाहन्छौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय भारतीय बजारमा विद्युतको माग उच्च हुँदा विडिङ अनुसार विद्युत नपाएको भन्दै प्राधिकरणले उद्योगमा विद्युत कटौती गर्न थालेको छ । प्राधिकरणले भारतबात ३८ रुपैयाँमा विद्युत खरेर गरेर नेपालका उद्योगमा ९ रुपैयाँमा विद्युत वितरण गरिएको प्राधिकरणको भनाई छ । तर, उद्योगहरु भने प्राधिकरणले विद्युत नदिएको बताइरहेका छन् ।

One comment on "निजी क्षेत्रले भन्यो – उद्योगमा विद्युत् दिन नसक्ने भए लोडसेडिङको तालिका चाहियो"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.