तीन खेलाडीको कीर्तिमानसँगै पपुवा न्युगिनीविरुद्ध नेपाल विजयी

  २०७८ चैत १७ गते १६:१४     विकासन्युज

नेपाल, मलेसिया र पपुपा न्युगिनी बीचको त्रिकोणात्क खेलमा नेपालले पपुवा न्युगिनीलाई ३७ रनले पराजित गरेको छ ।

आज टीयू मैदानमा भएको खेलमा गतिका बलर करण केसीको कीर्तिमानी ह्याट्रिक गरेका छन् । करण नेपालबाट टि२० आईमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन्

त्यस्तै दीपेन्द्रसिंह ऐरी र आदिल अन्सारीले नयाँ कीर्तिमान बनाएका छन् । उनीहरूले खेलको १९औं ओभरमा ३२ रन बनाएका छन् । नेपाली क्रिकेटमा यो एक ओभरमा भएको अहिलेसम्मकै धेरै रन हो ।

२४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.४ ओभरमा १६६ रनमा अलआउट भए । पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले ४७ बलमा ६२ रनको योगदान दिए ।

नेपालका करण केसीले ५ विकेट लिए । अभिनाश बोहरा र सोमपाल कामीले समान २ विकेट लिए । कप्तान सन्दीपले एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३३ सर्वाधिक ६६ रन बनाए । डेब्यू खेल खेलेका आदिल अन्सारीले ११ बलमा ३३ रनको विष्फोटक इनिङ खेले ।

नेपालले अब शनिबार मलेसियासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.