राष्ट्रिय बीमा कम्पनीले पायो सीईओ, सरकारका उपसचिव ओझा नियुक्त

  २०७८ चैत १७ गते १०:५७     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले साढे ४ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । २०७८ मंसिरदेखि नेतृत्वविहीन बनेको कम्पनीले नेपाल सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझालाई कम्पनीको सीईओको रुपमा पाएको हो ।

सरकारले गत चैत १३ गते नै ओझालाई कम्पनीको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारको निर्णय अनुसार कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई चैत १५ गतेदेखि नै लागू हुने गरी सीईआको कार्यभार सम्हाल्ने जिम्मेवारी दिएको हो ।

यसअघि राष्ट्रिय बीमा कम्पनीमा नेपाल सरकारका उपसचिव डा. डिल्लीराज अर्याल सीईओ थिए । उनलाई सरकारले फिर्ता बोलाएपछि सीईओ पद रिक्त रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.