छिटो, सस्तो र सय वर्षसम्म टिक्ने घर बनाउन इन्टरलक इट्टा

  २०७८ चैत १६ गते १४:४३     सलमान खान, इन्द्रदेव चौरसिया

आफूले दिनरात दुःख गरेर जम्मा गरेको रकमले एउटा बलियो र सुन्दर घर बनाउने चाहाना सबैको हुन्छ । घर बनाउनको लागि गुणस्तर इट्टा अहिलेको आवश्यक पनि हो ।

बिल्ड अप नेपाल कम्पनीले नयाँ र आधुनिक प्रविधिको प्रयोग गर्दै इन्टरलकिङ्ग इट्टाको उत्पादन तथा विक्री प्रवद्र्धन गर्दै आएको छ ।

घर बनाउन धेरै रकम चाहिन थालेको छ भने बनाउने समय पनि वर्ष दिनभन्दा बढी लाग्ने गरेको छ । यहाँ समस्याको समाधान गर्नको लागि बिल्ड अप नेपालले इन्जिनियरिङ ग्रामीण उद्यमी र समुदायहरूलाई सुरक्षित, किफायती घरहरू र लचिलो आम्दानी निर्माण गर्नको लागि विगत इन्टरलकिङ इट्ट उत्पादन गर्दै आएको हो ।

यसको प्रयोग भूकम्पपछिको पुनर्निर्माणमा मात्र नभएर घर, व्यावसायिक भवन, होटेल, विद्यालय तथा कारखानाका संरचना निर्माणमा प्रयोग भइरहेका छन् ।

नेपालमा यो इट्टा प्रयोग हुन थालेको एक दशक नाघिसक्यो । तर, २०७२ सालको भूकम्पपछि इन्टरलक इट्टाको प्रयोगमा व्यापकता आएको हो । सन् २०१७ देखि नेपाल सरकारले यस प्रविधिलाई मान्यता दिएपछि यस क्षेत्रमा धेरै उद्यमीहरू जोडिएर काम गरेको छन् । छोटो अवधिमै यो इँटा निर्माणमा लोकप्रिय बनिसकेको छ ।

खास गरी पोलेका इट्टाको सहज पहुँच नभएका भूकम्प प्रभावित ग्रामीण क्षेत्रमा इन्टरलक ब्रिकको व्यापक प्रयोग भइरहेको छ । सो इट्टाबाट जस्तोसुकै निर्माणको काम पनि गर्न सकिन्छ । यो इट्टामा बढी मात्रामा चिम्टाइलो माटो प्रयोग हुन्छ । ३० प्रतिशत माटो, ६० प्रतिशत बालुवा र १० प्रतिशत सिमेन्टको सम्मिश्रणबाट इन्टरलक इट्टा बनाइन्छ ।

खान र चौरसिया

पछिल्लो समयमा नेपाली बजारमा यसको माग बढ्दो छ । यो कम्पनीले इन्टरलक इट्टा उत्पादन गरेर बिक्री गर्छ, सँगसँगै इट्टा बनाउन आवश्यक तालिम र मेसिन उपलब्ध गराएर उद्यमशीलता विकासमा पनि सहयोग पुर्याउँदै आएको पनि छ ।

कम्पनीले उद्यमशील बन्न चाहानेहरुको लागि उक्त इट्टा बनाउने मेशिनहरूको बिक्री गरी तालिम तथा प्रशिक्षण समेत दिन्छ । पछिल्लो समय हामीसँग उद्यमशील बन्न चाहने धेरै जना जोडिएका छन् ।

रोजगारीको खोजीमा विदेश जानु पर्ने बाध्यताको अन्त्य गर्दै यस कम्पनीसँग जोडिएर आफ्नै व्यापार व्यवसाय सञ्चालन गरी नागरिकहरू बसिरहेका छन् । नयाँ उद्यमीहरूलाई यो व्यापारले धेरै आकर्षित गरिरहेको छ । यसका साथसाथै थुप्रै गैरसरकारी संस्था (एनजीओ र आइएन्जीओ) ले फण्डामेन्टरी प्रस्तावको लागि पनि यो प्रविधिले आकषित गर्ने गरेको देखिन्छ ।

विल्ड अप नेपालले ८ वटा ठूला उद्यम विकासका परियोजनाको काम सम्पन्न गरिसकेको छ भने आगामी ३ वर्षसम्म पुग्ने प्रोजेक्ट लिएर काम गरिरहेको छ ।

मेलम्चीको माझी गाउँ, कैलाली, तनहुँमा यस इट्टाबाट बनेको सामूहिक बस्तीहरू निर्माण भएका छन् । यो प्रविधिबाट बनाएका घरधनीहरू ९५ प्रतिशत सन्तुष्ट छन् । बाँकी ५ प्रतिशत असन्तुष्ट पनि छन्, कारण डकर्मीहरूले राम्रो घर नबनाइदिएकोले हो । बिल्ड अप नेपालले उत्पादन गरेका इन्टरलक इँटाबाट अहिलेसम्म लगभग ५ हजारभन्दा बढी घर निर्माण भइसकेका छन् ।

विशेषता

परम्परागत इट्टा बनाउन भट्टामा पोल्नुपर्छ । यो इँटा बनाउन पोल्न पर्दैन । जसले गर्दा धुवाँ उत्सर्जन हुन पाउँदैन । त्यसैले यो इट्टा वातावरणमैत्री हुन्छ । सस्तो, कम समय, धेरै काम गर्न सकिने । यस इट्टारबाट बनेका घरहरू छिटो निर्माण हुने र कम लागतमा तयार हुन्छ । हेर्दा आकर्षक र सुन्दर देखिने हुँदा प्रयोगकर्ता माझ घर बनाउँदा यसको माग बढ्दो छदैछ ।

यस इट्टाको प्रयोग गर्नले जाडोयाममा न्यानो र गर्मी मौसममा व्यापक गर्मी हुनबाट रोकिन्छ । यो इट्टा प्रयोग गरेर घर बनाउँदा बालुवा र सिमेन्ट कम लाग्छ । यसलाई आधुनिक डिजाइनबाट निर्माण गर्न सकिने हुँदा आकर्षक देखिन्छ । भूकम्पको जोखिम कम हुन्छ भने यस इट्टाबाट बनेका घरमा प्लास्टर गरिराख्नु पनि पर्दैन । श्रम कम लाग्छ । इन्टरलक इँटाको जडान खर्च पनि कम छ ।

 

रातो इँटाले गारो लगाउन १० दिन लाग्थ्यो भने इन्टरलक इँटाले पाँच दिनमै गारो लगाउन सकिन्छ । एउटा घरमा रातो पकाएको इँटाको सट्टामा इन्टरलक इँटा प्रयोग गर्दा वालको निर्माण लागत ३० देखि ३५ प्रतिशतसम्म कम पर्छ । बिजुलीको वाइरिङका लागि गारो फोर्न पर्दैन, इँटामा रहेको इन्टरलकबाटै वायरिङको काम गर्न सकिन्छ ।

जसले पनि बनाउँन सक्ने

बिल्ड अप नेपालले सो इट्टा बनाउने मेशिनको विक्री वितरण गर्दै आएको छ । नेपालको जुन सुकै ठाउँबाट पनि उक्त मेशिन कम्पनीसँग सम्पर्क गरी खरिद गर्न सकिन्छ । उनीहरूले सो मेशिन खरिद गरी इन्टरलकिङ इट्टा बनाई बजारमा बेच्नु पर्छ । सो मेशिनबाट बनेको एउटा इट्टाको लागत प्रतिइट्टा २५ देखि ३५ रुपैयाँसम्म मूल्य पर्छ । उनीहरूले १० देखि १५ रुपैयाँसम्म मार्जिन राखेर ६० रुपैयाँसम्म बेच्दै आएका छन् । गाउँ–गाउँमा साना हाते मेसिनबाट इन्टरलक इँटा उत्पादन गर्ने उद्योगको संख्या सयौँ पुगिसके ।

मेशिनको क्षमता अनुसार इट्टा उत्पादन गर्न सकिन्छ । कम्पनीसँग ३ वटा श्रेणीको मेशिन छन् । सीङगल, डबल मोड र हाड्रोलीक मेशिन । सीङगल मोडबाट एक दिनमा ५ देखि ६ सय वटासम्म, डबल मोडबाट ८ देखि ९ सयसम्म उत्पादन गर्न सकिन्छ भने अर्काे सेमी–अटोमेटिक हाड्रोलीक मेशिनबाट १५ देखि १६ सय इट्टाको उत्पादन गर्न सकिन्छ । सो मेशिन कम्पनीले इन्डीययाबाट ल्याउँछ । उक्त इट्टा बनाउने मेशिन हालसम्म कम्पनीले करिब ३ सय वटा बिकी गरिसकेको छ । आर्थिक अवस्था कमजोर हुनेहरूको लागि सो कम्पनीले इट्टा बनाउने मेशिनमा छुट गरेर पनि दिँदै आएको छ ।

सीङ्गल मोडलाई एक लाख ९५ हजार रुपैयाँ, डबल मोडलाई २ लाख ९५ हजार रुपैयाँ र हाड्रोलीक मेशिनलाई ८ लाख ५ हजार रुपैयाँमा पर्छ । मेशिन खरिद गरेकाहरूलाई कम्पनीको प्राविधिक नै पुगेर ४ दिनसम्म तालिम दिँदै आएका छौं । जस अन्तर्गत माटो, बालुवाको परीक्षण, इट्टा बनाउनको लागि कुशल उत्पादन कसरी गर्ने लगायतको कुराहरू ४ दिनभित्रमा तालिम दिन्छौं ।

कहाँ–कहाँ प्रयोग गर्न सकिन्छ ?

यो इँटा जुनसुकै भवनमा प्रयोग गर्न सकिन्छ । अहिले गाउँमा बढी प्रयोग भएको देखिन्छ । तर, सहरका ठूला घरमा पनि इन्टरलक इँटा प्रयोग गर्न थालिएको छ । आवासीय, औद्योगिक, व्यापारिक, कार्यालयलगायत भवन हस्पिटल, पर्खाल, थिएटर, विद्यालय, कलेज, टहरालगायत निर्माण गर्न पनि प्रयोग गर्न सकिन्छ । यो इँटाले घरको कम्पाउन्ड वाल लगाउन सकिन्छ ।

सय वर्षसम्म टिक्ने

यस इट्टाको राम्रो सुरक्षा र व्यवस्थापन गर्ने हो भने ५० देखि एक सय वर्षसम्म टिकाउ हुन्छ । मेशिनबाट इट्टा उत्पादन भइसकेपछि २४ घण्टासम्म घाम पानीबाट जोगाउनु पर्ने हुन्छ । त्यस पछि २१ दिनसम्म सो इट्टालाई पानी हाली राख्नु पर्छ । २८ दिन पछि उक्त इट्टा घर बनाउनको लागि उपयुतm हुन्छ । यस इट्टाको प्रयोग गरी घर बनाउन चाहनेहरूले यस कम्पनीसँग आवद्ध उद्यमीहरूसँग सम्पर्क गरी इट्टा लिन सक्छन् । यो इट्टाबाट घर बनाएका मानिसहरू खुसी भएका छन् ।

(बिल्ड अप नेपालका बिक्री प्रबन्धक सलमान खान र परियोजना प्रबन्ध इन्द्र देव चौरसियासँग गरिएको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.