१५ दिनका लागि पशुपति बिस्कुटको उत्पादन बन्द

  २०७८ चैत १६ गते १४:३२     विकासन्युज

सुनसरी । दुहबीमा संचालित श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि १५ दिनका लागि बन्द गरिएको छ ।

बिस्कुट पकाउने ओभनहरु जोडिएका मेसिनहरूको मर्मतसम्भार र सरसफाइको उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको बिएलसी होल्डिङ प्रालिका संस्थागत संचार विभाग प्रमुख सोमनाथ बास्तोलाले एक विज्ञप्तिमार्फत प्रष्ट पारे ।

उनले आज जारी गरेको विज्ञप्तिमा सुनसरीको दुहबीमा सञ्चालित ‘श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि बन्द’ भन्ने आशयबाट केही संचारमाध्यममा प्रकाशित समाचारको खण्डनसमेत गरिएको छ ।

‘समाचारहरुमा उल्लेख गरिएजस्तो पशुपति बिस्कुट उद्योग अनिश्चितकालका लागि बन्द भन्ने विषयमा सत्यता नभएको यसै विज्ञप्तिमार्फत प्रष्ट पार्न चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.