आईएमई ग्रुपको वरिष्ठ उपाध्यक्षमा सुमन पोखरेल, सीईओमा खिलेन्द्र पौडेल

  २०७८ चैत १६ गते १०:४३     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपको सिनियर भाइस प्रेसिडेन्टमा सुमन पोखरेल नियुक्त भएका छन् । यसअघि आइएमईका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रहेका पोखरेललाई बोर्डको बैठकले सिनियर भाइस प्रेसिडेन्टमा नियुक्त गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट बिजिनेश स्टडिजमा स्नातकोत्तर गरेका पोखरेलसँग बैंकिङ क्षेत्रमा १३ वर्ष काम गरेको अनुभव छ । उनी नेपाल रेमिटर्स एसोसिएसनका अध्यक्ष र नेपाल व्यवस्थापन संघका दोस्रो उपाध्यक्ष पनि हुन् ।

यस्तै, बोर्ड बैठकले आइएमईको सीइओमा खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ । पौडेल यसअघि कम्पनीका महाप्रबन्धक थिए ।

पौडेलले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । रेमिट्यान्स उद्योगमा आफ्नो २० वर्षको व्यावसायिक अनुभवमा उनले २ वर्ष मलेसियामा आईएमईको ओभरसिज अपरेसनको नेतृत्व गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.