सिद्धार्थ बैंकद्वारा विराटनगरस्थित आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु

  २०७८ चैत ९ गते १९:४७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बुधवार प्रदेश-१ विराटनगरमा आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले प्रदेश १ क्षेत्रीय कार्यालयको बुधबार उद्घटन गरेसँगै सेवजा सुरु गरेको हो ।

विभिन्न वर्गका ग्राहकहरु, व्यापारी तथा उद्योगीहरुमाझ उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यालयको निर्माण गरिएको बैंकले जनाएको छ ।

सिद्धार्थ बैंकले देशभर १९० वटा शाखा, ४ एक्स्टेन्सन् काउन्टर, २०८ वटा एटिएम्, ११४ शाखारहित बैंकिङ सेवबाट सेवा प्रदान गर्दै आएको जनाएकव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.